लन्च हुनु भन्दा पहिले नै रोयल इन्फिल्डको सबैभन्दा कम मूल्यको बाइक हन्टर सार्वजनिक
रोयल इन्फिल्ड हन्टर लन्च हुनु भन्दा पहिले यसको विस्तृत विवरण सार्वजनिक...
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ अब मोटरसाइकल स्पोर्ट्समा समेत सहभागी हुने भएको छ । रोयल इन्फिल्ड नेपालले यो भन्दा पहिले विभिन्न एड्भेन्चर र मोटरसाइकल टुरिजमका लागि कार्य गरिरहेकोमा अब भने मोटरसाइकल स्पोर्ट्समा समेत सामेल हुने भएको हो ।
यस अनुसार रोयल इन्फिल्ड नेपालले केही समयमै मोटरसाइकल स्पोर्ट्स सम्बन्धी इभेन्ट ‘फ्ल्याट ट्रयाक फन’ आयोजना गर्ने भएको छ । अल्फा अटोमोटिभका डाइरेक्टर मेघराज पौडेल भन्छन्, ‘पहिले देखि नै एड्भेन्चर र टुरिजमका लागि विभिन्न कार्य गरिरहेकोमा अब भने रोयल इन्फिल्ड नेपाल मोटरसाइकल स्पोर्ट्समा समेत सहभागी हुने निर्णय गरेको छ ।’
यस अनुसार पहिलो पटक फ्ल्याट ट्रयाक फन कार्यक्रम आयोजना हुनेछ । यसको लागि तयारी भइरहेको र छिट्टै नै मिति समेत सार्वजनिक गरिने छ ।
रोयल इन्फिल्ड नेपाल अर्थात अल्फा अटोमोटिभले केही दिन पहिले मात्र ‘मनाङ मेनिया’ र ‘नेपाल राइडर्स मिट’ सम्पन्न गरेको छ । मनाङ मेनियामा रोयल इन्फिल्ड राइडरहरु काठमाडौं देखि मनाङ सम्म पुगेर विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न भएका थिए । टर्की, भुटान, भारत, अष्ट्रेलिया र नेपालका गरी १३५ राइडर सहभागी सो कार्यक्रम ऐतिहासिक बनेको थियो । त्यसैगरी नेपाल राइडर्स मिट मोरङको लेटाङस्थित राजारानीमा सम्पन्न भएको थियो । युके, अष्ट्रेलिया, भुटान, भारत र नेपालका गरी ३०५ जना राइडर सहभागी यो कार्यक्रम त्यस क्षेत्रकै अविष्मरणिय बनेको थियो । यी कार्यक्रममार्फत एड्भेन्चर र टुरिजम प्रमोसनका साथै सेफ्टी राइडिङका वारेमा समेत जनचेतना जगाउने कार्य भएको थियो ।
यी वाहेक समय समयमा विभिन्न प्रकारका वेलफेयर राइड, लेडी बाइकर्स राइड, वान राइड, रिसेस राइड, विन्डी राइड जस्ता विभिन्न राइड कार्यक्रम आयोजना गर्ने गरेको छ । यी राइडमा अन्य कुराका अतिरिक्त विभिन्न च्यारिटी सम्बन्धी कार्यक्रम समेत हुने गरेका छन् ।
रोयल इन्फिल्डले पहिले मोटरसाइकल नपुगेकै स्थानमा समेत समूहमै रोयल इन्फिल्डका मोटरसाइकल पु¥याएर विभिन्न स्थानको एक्स्प्लोर गर्ने कार्य समेत गरेको छ । यस अनुसार रोयल इन्फिल्ड बाइकरहरु सामूहिक रुपमा रारा, हलेसी, तातोपानी, पाथीभरा, कालिन्चोक, जिरी आदि स्थानमा पुगिसकेका छन् भने मनाङ, मुस्ताङ, चितवन, पोखरा जस्ता पर्यटकीय स्थानमा त झन् धेरै पटक पुगिसकेका छन् ।
अब रोयल इन्फिल्ड मोटरसाइकल स्पोर्ट्समा समेत प्रवेश गरेमा यसले नेपाली अटोमोबाइल स्पोर्ट्समा नयाँ आयाम थप्ने अपेक्षा गर्न सकिन्छ ।
रोयल इन्फिल्ड हन्टर लन्च हुनु भन्दा पहिले यसको विस्तृत विवरण सार्वजनिक...
रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागी नवनियुक्त विक्रेता अल्फा...
काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...