भारतमा बनेको होन्डा एलिभेट जापानमा निर्यात सुरु, डब्लुआर–भी नामले बिक्री हुने

होन्डाले भारतमा उत्पादन गरेको एसयभुी एलिभेटलाई जापानमा निर्यात गर्न सुरु गरेको छ । जापानमा सो एसयुभी डब्लुआर–भी नामले लन्च भएको हो । कम्पनीका अनुसार होन्डाको इतिहासमा पहिलो पटक होन्डा कार इन्डिया लिमिटेडले भारतबाट जापानमा कार निर्यात थालेको हो ।

गत वर्ष सेप्टेम्बरमा ग्लोबल डेब्यु गरिएको मिडसाइज एसयूभी एलिभेट पहिलो पटक भारतीय बजारमा लन्च गरिएको थियो । एलिभेट १.५ लिटर, ४ सिलिन्डर पेट्रोल इन्जिनमा उपलब्ध छ । उक्त इन्जिनले ११९ बीएचपी र १४५ एनएम टर्क जेनेरेट गर्छ । यो एसयूभी ६ स्पिड म्यानुल र ७ स्पिड सिभिटी ट्रान्समिसनको बिकल्पमा उपलब्ध छ । कार निर्माता कम्पनीले पछिल्लो ६ महिनामा ३० हजारभन्दा बढी एलिभेट बिक्री गरिसकेको छ ।

जापान बाहेक होन्डाले नेपाल, भुटान र दक्षिण अफ्रिका लगायत देशमा दायाँ–हात–ड्राइभ तथा टर्की, मेक्सिको र मध्य पूर्वमा बायाँ–हात–ड्राइभ मोडल निर्यात गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ अमेज पुरानोको तुलनामा २ लाख भन्दा बढीले महंगो, यस्तो छ सबै भेरियन्टको मूल्य

नयाँ अमेज पुरानोको तुलनामा २ लाख भन्दा बढीले महंगो, यस्तो छ सबै भेरियन्टको मूल्य

नेपाली बजारमा केही दिनअघिमात्र सार्बजनिक गरिएको होन्डाको नयाँ अमेज...

होन्डा मोटरसाइकल र कार बिक्री गर्ने ज्योति ग्रुपको नाम अब पद्म ज्योति समुह, नयाँ लोगो सार्बजनिक

होन्डा मोटरसाइकल र कार बिक्री गर्ने ज्योति ग्रुपको नाम अब पद्म ज्योति समुह, नयाँ लोगो सार्बजनिक

काठमाडौं–नेपालको पुरानो मध्ये एक व्यापारिक घरना ज्योति समुह विभाजित भएको...

ट्राफिक प्रहरीले बुझायो निषेधाज्ञामा भेटिएका ३३ मोटरसाइकल : चोरको आँखामा पल्सर

ट्राफिक प्रहरीले बुझायो निषेधाज्ञामा भेटिएका ३३ मोटरसाइकल : चोरको आँखामा पल्सर

काठमाडौं – उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...