यो हो विश्वकै अग्लो मोटरबेल सडक उम्लिङ–ला
भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले जम्मु कश्मीरको लद्दाख क्षेत्रमा...
धेरै पैदलयात्री सडकमा हिड्ने क्रममा बायाँ साइडबाट हिड्नु पर्छ भन्ने मान्यता राख्छन् । यो बिल्कुल गलत तथा जोखिमयुक्त पनि हो । यसरी ब्यस्त सडकको बायाँ दिशाबाट हिड्दा सवारी साधन पनि सोही दिशामा पछाडिबाट आइरहेको हुन्छ । जसले गर्दा सवारी साधनको अवस्था देख्न सकिदैन । यस्तो अवस्थामा पछाडिबाट मानिसलाई सवारी साधनले ठक्कर दिने सम्भावना बढी हुन्छ । त्यसैले सडकमा यात्रा गर्दै गर्दा यस्ता विषयमा बिचार पु¥याउनुपर्छ ।
फुटपाथ भएको सडक भएमा आफूलाई जुन साइडमा हिड्न सजिलो हुन्छ र उपयुक्त हुन्छ सोही साइडमा हिड्दा हुन्छ । फुटपाथमा सवारी साधन नआउने हुनाले खतरामुक्त भइन्छ ।
फुटपाथ नभएको स्थानमा भने पैदल यात्रु पनि सवारी साधनसँगै सडकबाट नै हिड्नुपर्ने बाध्यता हुन्छ । त्यसैले बाटोमा हिड्दा सधै गाडी गुड्ने भन्दा विपरीत तथा सडकको दाहिने किनाराबाट हिड्नुपर्छ । सडकको दायाँ किनाराबाट हिड्दा सवारी साधन अगाडिबाट आएको देखिन्छ । जसले गर्दा विपरित दिशाबाट आएको सवारी साधन यान्त्रिक गडबडीले अनियन्त्रित भएको, तीव्रगति या लापरबाहीपूर्वक चलाएको नचलाएको प्रष्ट देख्न सकिन्छ । यदि चलाएको देखिएमा यात्रुले तुरुन्तै निर्णय लिएर सुरक्षित स्थानमा आफूलाई स्थानान्तरण गर्न सक्छन् ।
यदि सडकको बायाँ किनाराबाट सडकमा हिडियो भने सवारी साधन सधै पछाडिबाट मात्रै आउँछ । यस्तो अवस्थामा सवारी साधनको वस्तुस्थिति पनि थाहा हुँदैन । जसले गर्दा यात्रु सजग हुन पनि पाउँदैनन् र सवारीले पछाडिबाट ठक्कर दिने सम्भावना बढी हुन्छ ।
गन्तव्य तय गर्दा बाटो पार गर्नुपर्ने अवस्थामा यात्रुले सदैव जेव्राक्रस, पेडेस्ट्रियन क्रसिङ, सब वे, आकाशेपुल, पेलिकन लाइट भएको स्थान आदिबाट मात्र बाटो काट्नुपर्छ ।
उल्लिखित पूर्वाधार नभएका स्थानहरुमा भने द ग्रिन क्रस कोडको सिद्धान्त प्रयोग गर्न सकिन्छ । ग्रिन क्रस कोड अन्तर्गत बाटो पार गर्दा चारवटा काम गर्नुपर्छ ।
के हो द ग्रिन क्रस कोड ?
१. स्टप (रोकिने)
बाटो पार गर्नुपर्दा सबै भन्दा पहिला सडक किनारामा उभिने ।
२. लुक (हेर्ने)
त्यसपछि दायाँ तर्फ हेर्ने, सवारी साधनहरु नजिकै आईपुगेका छन्, तीव्रगतिमा छन् भने पहिला ती सवारी साधनहरुलाई जान दिनुपर्छ ।
३. लिसन (सुन्ने)
सवारी साधन गयो भन्दैमा तत्कालै बाटो काट्नुहुदैन । कतै सडकमा आकस्मिक सेवाका सवारी साधनहरु जस्तैः एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनहरु साईरन बजाउदै तीब्र गतिमा आएका हुन सक्छन् । यदि त्यस्ता सवारी साधनको आवाज सुनिएमा वा देखिएमा पहिला त्यस्ता सवारी साधनलाई प्राथमिकता दिनुपर्छ ।
४. गो (जाने)
सवारी साधनजति सबै गैसकेपछि र अन्य सवारी साधन पनि धेरै टाढा छन् भने बाटो पार गर्न सकिन्छ । याद राख्नुहोस् यसरी बाटो पार गर्ने क्रममा सर्बप्रथम दायाँतर्फको आफ्नो हात चालकले स्पष्ट देख्न सक्ने गरी उठाउनु पर्दछ । सडकको बीच भागमा पुगेपछि फेरी बायाँतर्फको हात उठाएर पुन माथिका उल्लेखित ग्रिन क्रस कोडको प्रक्रिया दोहो¥याएर बाटो पार गर्नुपर्दछ ।
भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले जम्मु कश्मीरको लद्दाख क्षेत्रमा...
काठमाडौं – निर्वाचनका दिन यात्रुहरूको आवागमन सहज बनाउन नेपाल पर्यटन...
काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...