होली अफर : लुयान इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार नगद छुट सहित थुप्रै सुविधाहरु

लुयान इलेक्ट्रिक स्कुटरले होली अफर सञ्चालन गरेको छ । नेपालीहरुको उल्लासमय पर्व होलीको उपलक्ष्यमा कम्पनीले नगद छुट सहित अन्य सुविधा सहितको होली अफर सञ्चालन गरेको जनाएको छ ।

जस अन्तर्गत लुयान इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले नगद १५ हजार छुट पाउनुको साथसाथै केही एसेसरिज निःशुल्क पाउनेछन् । यसका साथै एउटा प्रिमियम हेलमेट, रेनकोट, बाइक कभर ग्राहकले पाउनेछन् ।

कम्पनीका सेल्स तथा मार्केटिङ हेड शंकर शर्माद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार लुयान स्कुटर खरिद गर्ने ग्राहकले सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म निःशुल्क सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टमा वारेन्टी पाउन सक्नेछन् ।

यसका साथै कम्पनीले एक्सचेन्ज तथा फाइनान्सको समेत सुविधा रहेको जनाएको छ । कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान सकिने व्यवस्था समेत रहेको विज्ञप्तिमा जनाइएको छ ।

यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाडौं लगायत कम्पनीका अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने बताइएको छ ।

लुयान ब्रान्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुने कम्पनीले दावी गरेको छ ।

लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ । टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन ।

लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै ब्याट्री चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ लगायत अत्याधुनिक प्रविधियुक्त कम्पोनेन्ट तथा फङसनहरुको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको देखिएको छ ।

लुयान इलेक्ट्रिक स्कुटरको नेपालकोे आधिकारिक वितरक जीरो इमिसन राइड एनले जनाए अनुसार नेपालमा भएका इलेक्टिक स्कुटर मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर लुयानको रहेको छ । यसका काठमाडौं उपत्यकामा मात्र ७ स्थानमा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।

सम्बन्धित समाचारहरू

हुन्डाईको इलेक्ट्रिक कार किन्दा वासिङ मेसिन उपहार

हुन्डाईको इलेक्ट्रिक कार किन्दा वासिङ मेसिन उपहार

हुण्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल...

हाइब्रिड र इलेक्ट्रिक कारबीचको मुख्य भिन्नता के ?

हाइब्रिड र इलेक्ट्रिक कारबीचको मुख्य भिन्नता के ?

पेट्रोल वा डिजेलका विकल्पमै सीमित उपभोक्ता अहिले हाइब्रिड र इलेक्ट्रिक...

टाटा मोटर्सले साउनमै ल्यायो दशैं अफर, पुराना गाडीसँग टियागो ईभी साट्न सकिने

टाटा मोटर्सले साउनमै ल्यायो दशैं अफर, पुराना गाडीसँग टियागो ईभी साट्न सकिने

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले साउनमै दसैँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...