एक सातापछि खुल्यो कर्णाली पुल

पूर्वपश्चिम राजमार्गअन्तर्गत कर्णाली चिसापानी पुल एक सातापछि सुचारु भएको छ । अघिल्लो सोमबार वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा.५प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलका दुवैतिरका गरी करिब १४ लट्ठामा क्षति पुगेको थियो ।

त्यसपछि बन्द रहेको पुल आजबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

अहिले तत्काल एकतर्फी मात्रै यातायात चल्ने छन् । केही दिन त्यसको अवस्था हेरेर विज्ञको सुझाव पछि दुई तर्फी यातायात चलाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मङ्गलवारदेखि खटिएको थियो । उनीहरूकै सुझावमा एकतर्फी यातायात सुरु गरिएको हो ।

सम्बन्धित समाचारहरू

पहिलोपटक तातोपानी नाकाबाट हेलिकोप्टर आयात

पहिलोपटक तातोपानी नाकाबाट हेलिकोप्टर आयात

काठमाडाैं । तातोपानी नाका भएर पहिलोपटक हेलिकोप्टर नेपालमा आयात भएको छ ।...

नागढुंगा सुरूङ मार्गबाट चल्ने सवारीसाधनहरुको तोकियो दस्तुर, कुनको कति ?

नागढुंगा सुरूङ मार्गबाट चल्ने सवारीसाधनहरुको तोकियो दस्तुर, कुनको कति ?

काठमाडौं – सरकारले सञ्चालनको तयारीमा रहेको नागढुंगा–सिस्नेखोला...

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने 

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने 

काठमाडौं । सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । असार १...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...