नेपालकै कम्पनीले ल्यायो पहिलो पटक डबल भाइजर सहित विभिन्न मोडलका हेल्मेट

काठमाडौं – रुपन्देहीको देवदहमा अवस्थित मयुर स्टिल इन्डष्ट्रिजले यति ब्रान्ड अन्तर्गतका विभिन्न मोडलका नयाँ हेल्मेट बजारमा उपलब्ध गराएको छ । यस अनुसार नेपाली बजारमै पहिलो पटक हाफ फेसमा डबल भाइजर हेल्मेट समेत उपलब्ध भएको छ ।

यति ब्रान्ड अन्तर्गत हाफ फेसमा सिटी र इगल मोडल उपलब्ध भएका छन् । ती मध्ये इगल मोडलमा नेपालमै पहिलो पटक डबल भाइजरको हेल्मेट उपलब्ध भएको हो ।

त्यसैगरी फुल फेस अन्तर्गत राइडर मोडलमा नयाँ हेल्मेट उपलब्ध भएको छ ।

पहिले देखि नै नेपाली हेल्मेट बजारमा उपलब्ध भइरहेको यति ब्रान्डका हेल्मेट लोकप्रिय बन्दै गएका छन् । यी हेल्मेटमा प्रयोग गरिएका सामग्री अनब्रेकेबल रहेका छन् वासेबल स्पन्ज र स्क्र्याच प्रुफ पोलिकार्बोनेट प्रयोग गरिएको छ ।

सीई, आईएसओ र आईएसआई सर्टिफाइड हेल्मेट गुणस्तरीय भएको मयुर स्टिल इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर महेश थैब दावी गर्छन् । आफ्नै उत्पादन हाई डेन्सिटी थर्मोकोलको प्रयोग हुने यति हेल्मेट गुणस्तरीय भएकैले नेपाली बजारमा उच्च माग छ । तर माग अनुसार उत्पादन उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

१ हजार २ सय देखि ३ हजार ५ सय रुपैयाँ सम्म मूल्य तोकिएका नयाँ मोडलका यी हेल्मेट विभिन्न कलर अप्सनमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

रमेश कोइराला बने रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्ष, यस्तो बन्यो कार्यसमिति

रमेश कोइराला बने रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्ष, यस्तो बन्यो कार्यसमिति

काठमाडौं – चार पांग्रे सेकेन्ड ह्यान्ड सवारी साधनको कारोबार गर्दै...

यूनिक टु ह्विल्सले नेपाल ल्यायो भारतको लोकप्रिय बाइक एसेसोरिज

यूनिक टु ह्विल्सले नेपाल ल्यायो भारतको लोकप्रिय बाइक एसेसोरिज

काठमाडौं– भारतको प्रख्यात टु ह्विलर एसेसोरिज मोटो जिनियस नेपाल आएको छ । यो...

१० दिनसम्म चल्ने आइशर सर्भिस क्याम्पमा के छन् छुट र सुविधा ?

१० दिनसम्म चल्ने आइशर सर्भिस क्याम्पमा के छन् छुट र सुविधा ?

काठमाडौं– आइशर कमर्सियल भेहिकलको नेपालका लागि आधिकारिक विक्रेता बतास...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...