भारतमा लन्च भयो बीवाईडी सिल इलेक्ट्रिक सेडान

संसारकै सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले भारतमा इलेक्ट्रिक सेडान ‘सिल’ लन्च गरेको छ । भारतीय बजारमा तीन भेरिएन्टमा सो सेडान उपलब्ध गराइएको छ ।

यसको बेस भेरिएन्ट डाइनामिकले सिंगल चार्जमा ५१० किलोमिटरको रेन्ज दिन्छ र यसको मूल्य ४१ लाख भारु तोकिएको छ । त्यसैगरी मिड स्पेक भेरिएन्ट प्रिमियमले ६५० किलोमिटरको रेन्ज दिन्छ र यसको मूल्य ४५ लाख ५० हजार भारु तोकिएको छ भने टप पर्फमेन्स भेरिएन्टले ५८० किलोमिटरको रेन्ज दिन्छ र यसको मूल्य ५३ लाख भारु तोकिएको छ ।

बीवाईडी सिल मोड्युलर ई–प्लेटफर्म ३.० मा आधारित छ र यसमा ८०० भोल्ट इलेक्ट्रिक आर्किटेक्चर दिइएको छ । इन्डियन स्पेक्सको सिलमा प्रिमियम र परफर्मेन्स भेरिएन्टका लागि बीवाईडीको ब्लेड एलएफपी ब्याट्रीका साथ ८२.५६ किलोवाट आवर ब्याट्री प्याक दिइएको छ भने डाइनामिक भेरिएन्टमा सानो ६१.४४ किलोवाट आवरको प्याक छ ।

बीवाईडी सिलको ब्याट्री प्याकमा १५० किलोवाट सम्मको स्पिड सम्म डीसी फास्ट चार्जिङ सपोर्ट दिइएको छ । यसले ३७ मिनेटमै १० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सक्छ । त्यसैगरी ११ किलोवाट अनबोर्ड एसी चार्जरले ८.६ घण्टामा फुल चार्ज गर्न सक्छ ।

बीवाईडी सिलको डिजाइन धेरै हद सम्म ओसन–एक्स कन्सेप्टबाट प्रभावित छ । यसको फ्रन्टमा स्प्लिट लाइटिङ डिजाइन दिइएको छ भने फ्रन्ट बम्परको तल्लो भागमा चार एलईडी डीआरएल्स उपलब्ध छ ।

सेफ्टीको मामिलामा सो गाडीलाई युरो एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त भएको छ । यसमा एडास टेक्नोलोजी पनि उपलब्ध छ । त्यसैगरी यसमा ड्राइभ सेलेक्टर, ड्राइभिङ मोड स्क्रोल ह्विल र ड्युअल वायरलेस चार्जर जस्ता फिचर उपलब्ध छन् ।

नेपाली बजारमा भने बीवाईडी सिल पहिले नै लन्च भइसकेको छ ।

सम्बन्धित समाचारहरू

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी...

२ वर्षमा १० लाख युनिट बीवाईडी सिगल बिक्री, नेपालमा प्रतीक्षा गरिँदै

२ वर्षमा १० लाख युनिट बीवाईडी सिगल बिक्री, नेपालमा प्रतीक्षा गरिँदै

बीवाईडीको सर्बाधिक सफल मोडल सिगल ईभी २ वर्षमै १० लाख युनिट बिक्री भएको छ ।...

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

विश्वमै सबैभन्दा बढी ईभी बिक्री गर्ने कम्पनी बीवाईडीले सन् २०२३ का लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...