बीवाईडी सिल रुचाउने ग्राहकको रोजाइ : लक्जरी, पावर एवं पर्फमेन्स र उच्च रेन्ज

बीवाईडीको नयाँ इलेक्ट्रिक सेडान सिलले अहिले नेपाली बजारमा निकै चर्चा बटुलेको छ । प्रिमियम सेग्मेन्टको यो अत्याधुनिक कार विश्व बजारमै लोकप्रिय मानिन्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा कारोड माथिको प्रिमियम कार प्रयोग गर्न चाहने ईभी प्रेमीका लागि सिल एक ड्रिम ईभी पनि हो । ४० लाख देखी ६० लाखसम्मका ईभी सर्बाधिक बिक्री हुने नेपाली बजारमा सुरुवाती मूल्य नै १ कारोड ५ लाख पर्नेे यो अत्याधुनिक कारको आफ्नै लक्षित ग्राहक छन् ।

धेरै सवारी साधन मास मार्केटलाई ध्यानमा राखेर बजारमा उपलब्ध गराइन्छ । बिक्री संख्याको आधारमा यसको सफलताको मापन गरिन्छ । तर बीवाईडी सिल त्यो वर्गमा पर्दैन । धेरै संख्यामा बिक्री हुनु मात्र यसको सफलताको मापदण्ड होइन । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले थोरै संख्यामा बिक्री भए पनि यसको सफलताको मापन गर्न सकिने र ग्राहकको गुणस्तरीयताले यसमा असर गर्ने भएकाले कम्पनीले त्यसै अनुसार यसलाई लिएको बताएको छ ।

लक्जरी, पावर एवं पर्फमेन्स र उच्च रेन्ज सिलका प्रमुख विशेषता हुन् । यसका अतिरिक्त ग्राहकले आफ्नो आबश्यकता र बजेट अनुसार भेरिएन्टको छनोट समेत यसमा गर्न सक्नेछन् । साइमेक्स इंक प्रालिले सिलको तीनवटा भेरिएन्ट उपलब्ध गराउँदै आएको छ । भेरिएन्ट अनुसार यसमा मोटर, ब्याट्री र फिचर समेत फरक पाउन सकिन्छ ।

५७० किमी सम्म रेन्ज
सिलमा कम्पनीको आफ्नै ब्लेड ब्याट्री जडान गरिएको छ । यो नयाँ कारको डाइनामिक भेरिएन्टमा ६१.४ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ भने प्रिमियम र पर्फमेन्स भेरिएन्टमा ८२.५६ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । कारको रेन्ज क्रमशः ४६०, ५७० र ५२० किलोमिटर दावी गरिएको छ ।

३९० किलोवाट सम्मको मोटर
भेरिएन्ट अनुसार यसमा छुट्टाछुट्टै मोटर पाउन सकिन्छ । जस्तो, डाइनामिक भेरिएन्टमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने प्रिमियमा २३० किलोवाट र पर्फमेन्समा ३९० किलोवाट क्षमताको मोटर दिइएको छ । भेरिएन्ट अनुसार यसको पावर क्रमशः १३५, ३१२ र ५३० पीएस रहेको छ । साथै टर्क पनि क्रमशः ३१०, ३६० र ६७० एनएम रहेको छ । बीवाईडीले यसमा पीएमएसएम मोटर दिएको हो ।

३७ मिनेटभित्रै ८० प्रतिशत चार्ज
१८० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिने यस कारको डाइनामिक र प्रिमियम भेरिएन्टमा रियल ह्विल ड्राइभ सिस्टम पाउन सकिन्छ भने पर्फमेन्स भेरिएन्टमा अल ह्विल ड्राइभ सिस्टम दिइएको छ । लक्जरी सेडान भएका कारण यसको ग्राउन्ड क्लियरेन्स भने जम्मा १५० एमएम मात्र छ ।

धेरै सवारी साधन मास मार्केटलाई ध्यानमा राखेर बजारमा उपलब्ध गराइन्छ । बिक्री संख्याको आधारमा यसको सफलताको मापन गरिन्छ । तर बीवाईडी सिल त्यो वर्गमा पर्दैन ।

११ किलोवाटको चार्जर सपोर्ट गर्ने यो नयाँ कारलाई फास्ट चार्जरको सहायतामा जम्मा ३७ मिनेटभित्रै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कारमा ४०० लिटरको बुट स्पेस पाउन सकिन्छ भने भेइकल–टु–लोड फिचर पनि उपलब्ध भएका कारण कारबाटै अन्य इलेक्ट्रोनिक सामान समेत चार्ज गर्न मिल्छ ।

फिचरले भरिपूर्ण
बीवाईडी सिलमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, सेलेक्ट गर्न मिल्ने ड्राइभ मोड अप्सन, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम विथ एचयूडी, पीएम २.५ एयर फिल्टर, फ्ल्याट–बटम स्टेयरिङ ह्विल, ठूलो एसी भेन्ट, वायरलेस स्मार्टफोन चार्जरलगायत फिचर्स पाउन सकिन्छ । साथै यसमा ६ वटा एयर ब्याग, एविएस, ईबीडी, इएससी, ट्रयाक्सन कन्ट्रोल सिस्टम र एडास लगायत अन्य थुप्रै सेफ्टि फिचर राखिएको छ । यो नयाँ कारले यूरो एनक्यापको सेफ्टी टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।

१ करोड ८५ लाख सम्म मूल्य
बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले यसको डाइनामिक भेरिएन्टलाई १ करोड ५ लाख, प्रिमियमलाई १ करोड ३९ लाख र पर्फमेन्स भेरिएन्टलाई १ करोड ८५ लाख रुपैयाँ मूल्य निर्धारण गरेको छ । यो कारले नेपाली बजारमा टेस्ला मोडल वाई, किया ईभी६ र हुन्डाई आयोनिक ५ सँग प्रतिस्पर्धा गर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

नयाँ एट्टो३ को तस्विर सार्बजनिक, अत्याधुनिक फिचरले सुसज्जित हुने

नयाँ एट्टो३ को तस्विर सार्बजनिक, अत्याधुनिक फिचरले सुसज्जित हुने

बीवाईडीले आफ्नो लोकप्रिय मोडल एट्टो३ को फेसलिफ्ट भर्सनको ताजा तस्विर...

एमएडब्लु वृद्धि ओमेगा सेक्कीबाट नेपालको विद्युतीय सवारी सेग्मेन्टमा प्रवेश गर्दै

एमएडब्लु वृद्धि ओमेगा सेक्कीबाट नेपालको विद्युतीय सवारी सेग्मेन्टमा प्रवेश गर्दै

काठमाडौं – नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी...

बीवाईडीले जर्मन कार रेन्टल कम्पनी सिक्स्टलाई १ लाख ईभी उपलब्ध गराउने

बीवाईडीले जर्मन कार रेन्टल कम्पनी सिक्स्टलाई १ लाख ईभी उपलब्ध गराउने

जर्मन कार रेन्टल कम्पनी सिक्स्ट (SIXT) ले चाइनिज इलेक्ट्रिक कार निर्माता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...