केटीएम आरसी रेन्ज र एड्भेन्चर रेन्ज नयाँ रङमा

केटीएम इन्डियाले आरसी र एड्भेन्चर रेन्ज अपडेट सहित नयाँ रङमा पेश गरेको छ । यद्यपि यसमा कुनै मेकानिकल परिवर्तन भने गरिएको छैन । नयाँ लुक दिने उद्देश्यले सो बाइक अब नयाँ रङ र ग्राफिक्ससहित आउने भएको छ ।

२०२४ केटीएम २५० अब नयाँ लुनर ग्रे रङमा उपलब्ध हुने भएको छ । साथै २०२४ केटीएम ३९० एड्भेन्चर २ नयाँ रङमा उपलब्ध हुनेछ । यसमा क्लासिक ओरेन्ज र ब्ल्याक शेड एडीभी प्रमुख रङ हुनेछ । यसमा नयाँ ग्रे र ह्वाइट रङको विकल्प पनि रहेको छ ।

कम्पनीले आफ्नो बाइकका लागि ओभरलेड ग्राफिक्ससहितको लामो पेन्ट लाइफ र प्रिमियम फिनिश सुनिश्चित गर्ने वेट पेन्ट प्रक्रियालाई पछ्याएको छ । केटीएम ३९० एड्भेन्चर एक्स र स्पोक ह्विल भर्सनमा कुनै परिवर्तन गरिएको छैन ।

२०२४ केटीएम आरसी३९० ओरेन्ज रङमा उपलब्ध हुने भएको छ । २०२४ केटीए आरसी १२५ र आरसी २०० बोल्ड ब्लु रङ विकल्पको साथ नयाँ ब्ल्याक शेडमा उपलब्ध हुनेछ, जबकि ओरेन्ज रङलाई यथावत राखिएको छ ।

केटीएम आरसी र एड्भेन्चर लाइनअपले आफ्नो सेगमेन्टमा रहेका अन्य बाइकलाई उछिनेर अतुलनीय पावर, टर्क र एजिलिटीका साथ बेन्चमार्क सेट गरेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

केटिएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट

केटिएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट

काठमाडौं– केटिएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज...

केटीएम १२५ ड्यूक र आरसी १२५ बन्द हुँदै, १६० सीसीमा नयाँ मोटरसाइकल आउने

केटीएम १२५ ड्यूक र आरसी १२५ बन्द हुँदै, १६० सीसीमा नयाँ मोटरसाइकल आउने

केटीएमले छिट्टै १२५ ड्युक र आरसी १२५ लाई बन्द गर्ने तयारी गरेको छ । ती...

केटिएमले सर्भिस क्याम्प आयोजना गर्ने, स्पेयर पार्टस्, ल्युव र लेवर चार्जमा छुट

केटिएमले सर्भिस क्याम्प आयोजना गर्ने, स्पेयर पार्टस्, ल्युव र लेवर चार्जमा छुट

केटिएम तथा हस्कभर्ना मोटरसाइकलनको नेपालका लागि आधिकारिक वितरक हंसराज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...