टेस्लाले रकेट इन्जिन भएको इलेक्ट्रिक रोडस्टर ल्याउँदै, अर्को वर्षदेखि डेलिभरी गर्ने

टेस्लाको सबैभन्दा पावरफुल कार रोडस्टर सुपरकारको निकै चर्चा चलिरहेको छ । सो सुपरकार बजारमा छिट्टै प्रवेश हुने भएको छ । यसको जानकारी टेस्लाका सीईओ एलन मस्कले दिएका हुन् । साथै एलन मस्कले नयाँ रोडस्टरको स्पिडको बारेमा पनि खुलासा गरेका छन् ।

टेस्लाको सो सुपरकार इलेक्ट्रिक भर्सन तथा ४ सिटर रोडस्टर हुनेछ, जसलाई पहिलो पटक सन् २०१७ मा सार्वजनिक गरिएको थियो । टेस्लाले सो कार सन् २०२० मा लन्च गर्ने घोषणा गरेको थियो । साथै यसको प्रि–बुकिङ पनि सुरु गरिसकेको थियो ।

तर विभिन्न कारणले यसको लन्चिङ मिति सन् २०२० बाट सन् २०२१ र त्यसपछि सन् २०२३ मा सारिएको थियो । कम्पनीले अब सो कार २०२५ सम्ममा लन्च गर्ने जानकारी दिएको छ । यद्यपि कम्पनीले नयाँ रोडस्टर इलेक्ट्रिक सुपरकारको उत्पादन अर्को वर्षदेखि सुरु हुने अपेक्षा गरिएको छ ।

सन् २०१८ मा मस्कले इलेक्ट्रिक टेस्ला रोडस्टरमा रकेट इन्जिन हुने जानकारी दिएका थिए । रकेट इन्जिनका कारण कारको एक्सेलेरेशन, स्पिड र ब्रेकिङमा सुधार हुने दाबी गरिएको छ । सो कार रकेट कम्पनी स्पेसएक्स र टेस्लासँगको सहकार्यमा बनाइएको हो ।

सो कारमा १० वटा साना रकेट थ्रस्टर हुनेछ, जसका कारण कारले एक सेकेन्डभन्दा कम समयमा ० देखि ६० माइल प्रतिघण्टाको गति लिनेछ । यसको टप स्पिड ४०० किलोमिटर प्रतिघण्टा छ । सो सुपरकारले एक पटकको फुल चार्जमा ९९८ किलोमिटरको रेन्ज प्रदान गर्छ । नयाँ इलेक्ट्रिक रोडस्टर कारको डेलिभरी अर्काे वर्षदेखि सुरु हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

अटोमोबाइलमा अग्रणी लक्ष्मी ग्रुपले पुरा ग-यो ५० वर्ष, थप व्यवसाय विस्तार गर्ने योजना

अटोमोबाइलमा अग्रणी लक्ष्मी ग्रुपले पुरा ग-यो ५० वर्ष, थप व्यवसाय विस्तार गर्ने योजना

प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले ५० वर्ष पुरा गरेको छ ।...

सम्पन्न भयो निसान लिफको भर्चुअल सेसन, लिफको फिचर र वातावरणीय प्रभाव वारेमा छलफल

सम्पन्न भयो निसान लिफको भर्चुअल सेसन, लिफको फिचर र वातावरणीय प्रभाव वारेमा छलफल

काठमाडौं – विश्व विद्युतीय गाडी दिवस अर्थात वर्ल्ड ईभी डेको उपलक्ष्यमा...

रसुवागढी नाका सञ्चालनमा आएसँगै पहिलो पटक भित्रिए १८ विद्युतीय सवारी साधन

रसुवागढी नाका सञ्चालनमा आएसँगै पहिलो पटक भित्रिए १८ विद्युतीय सवारी साधन

रसुवा – रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...