नेपाल आउदै गरेको प्रिमियम ईभी अवतार ११ मा यस्ता छन् विशेषता, मूल्य कति ?
काठमाडौं – नेपाली बजारमा नयाँ प्रिमियम ईभी ब्रान्ड अवतार आउने भएको छ ।...
महिन्द्राको थार गाडीको ठूलो क्रेज छ । महिन्द्राले अब थारको इलेक्ट्रिक भर्सन पनि ल्याउने भएको छ । कम्पनीले फ्युचरस्केप इभेन्टमा ग्लोबल पिकअप र थार.ई कन्सेप्ट प्रस्तुत गरेको छ । सो इलेक्ट्रिक अफरोड एसयूभी आगामी दुई वर्ष भित्र लन्च गर्ने अपेक्षा गरिएको छ ।
महिन्द्राको नयाँ इलेक्ट्रिक थार ५ डोरको हुनेछ र हालको थारभन्दा लामो ह्विलबेस हुने अपेक्षा गरिएको छ । महिन्द्राले सो थार आफ्नो नयाँ प्लेटफर्म ईङग्लो पी१ मा निर्माण गरिने छ । यसको डिजाइनमा स्क्वायर आकारको एलईडी डेटाइम रनिङ लाइटका साथै महिन्द्राको लोगो यसको पछाडिको ढोकामा पनि उपलब्ध हुनेछ । यसमा ट्रिपल होरिजन्टल एलईडी लाइट स्लेट पनि समावेश हुनेछ ।
यसमा फ्ल्यागशिप ह्विल आर्च र अलोय ह्विल पनि हुनेछ । क्याबिनमा टु–स्पोक स्टेयरिङ ह्विल, कनेक्टिभिटी विकल्पसहितको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अल–डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल आदि जस्ता फिचर हुनेछ ।
नयाँ इलेक्ट्रिक थारमा राउण्ड हेडल्याम्प, सेभेन स्लट ग्रिल, पछाडिको ढोकामा स्पेयर ह्विल र बक्सी डिजाइनको हुनेछ । सो एसयूभीको अगाडि र पछाडि स्टिल बम्परको साथमा आउनेछ, जहाँ स्किड प्लेट इन्टिग्रेटड देखिनेछ ।
नयाँ इलेक्ट्रिक थारमा ठूलो ब्याट्री प्याक र ट्विन इलेक्ट्रिक मोटर जडान गरिने छ । कम्पनीले सो एसयूभीलाई फोर ह्विल ड्राइभ सिस्टम बनाउनका लागि सबै एक्सेलमा मोटर जडान गर्नेछ ।
महिन्द्राले इलेक्ट्रिक थारको रेन्जको बारेमा खुलासा गरेको छैन । तर रिपोर्टका अनुसार यसले सिंगल चार्जमा ४०० किलोमिटर भन्दा बढी रेन्ज दिने विश्वास गरिएको छ । सो एसयूभी अक्टुबर २०२६ मा भारतमा लन्च हुने अनुमान गरिएको छ ।
काठमाडौं – नेपाली बजारमा नयाँ प्रिमियम ईभी ब्रान्ड अवतार आउने भएको छ ।...
नेपाली अटोमोबाइल क्षेत्रमा यमुना श्रेष्ठ चिनाइरहनु पर्ने नाम होइन । गत...
काठमाडौं – सुन्दर यातायातले काठमाडौं देखि पोखरा सम्म चल्ने विद्युतीय बस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...