९९ किलोवाटमै एमजी जेडएस ईभी, बुकिङ खुल्ला (मूल्य र फिचर सहित)
काठमाडौँ – एमजी गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट...
भारतमा टु ह्विलरको मूल्य सस्तो भएको छ । धेरै इलेक्ट्रिक टु ह्विलर कम्पनीले आफ्नो फ्ल्यागशिप मोडलको मूल्य २० देखि २५ हजार घटाएको छ ।
इलेक्ट्रिक स्कुटर वा बाइकमा ४० प्रतिशत भन्दा बढीर्च ब्याट्रीमा हुने गरेको छ । इलेक्ट्रिक टु ह्विलरमा लिथियम आयन ब्याट्रीको उपयोग हुन्छ र यो महँगो हुन्छ, जसको कारण इलेक्ट्रिक टु ह्विलर महँगो हुन्छ । तर अब इलेक्ट्रिक टु ह्विलरमा लिथियम आयन ब्याट्रीको विकल्पका रूपमा अन्य ब्याट्री तीव्र गतिमा विकास भइरहेको छ । जसले लिथियम आयन ब्याट्रीको मूल्य घटाउनमा मदत गरेको छ ।
पछिल्लो ५–६ महिनामा भारत सहित अन्य देशमा लिथियम भण्डार पाइए पछि चिनियाँ ब्याट्रीको मूल्य घटेको छ । त्यसैले सम्पूर्ण ईभी टु ह्विलरको मूल्य १५ प्रतिशतले घटेको हो ।
साथै इलेक्ट्रिक टु ह्विलरको मूल्य घटाउनुको मुख्य कारण यसको बिक्री बढाउनु हो । पहिले नै स्थापित पेट्रोल टु ह्विलर निर्माताले पनि इलेक्ट्रिक टु ह्विलर निर्माणमा आक्रामक नीति अपनाएको छ । जसका कारण यस क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको छ ।
पेट्रोलियम टु ह्विलर निर्माता कम्पनीले इलेक्ट्रिक क्षेत्रमा आफ्नो मोडल बढाइरहेको छ । हाल यसको सेयर ५ प्रतिशतको हाराहारीमा छ । लगभग २–३ वर्षमा यो अझ बढेर जानेछ । यसको मूल्य घटेर पेट्रोल टु ह्विलरको मूल्य बराबर हुने अनुमान गरिएको छ ।
बजारमा हाल ओला इलेक्ट्रिक एस१एक्स प्लस, एथर इनर्जी ४५०एस, ओकाया फास्टएफ४ र जेमोपाई राइडरको मूल्य घटेर आएको छ ।
ओला इलेक्ट्रिकको मूल्य १ लाख १० हजारबाट ५ हजार, एथर इनर्जी ४५०एसको मूल्य १ लाख ३५ हजारबाट १ लाख १० हजार, ओकाया फास्टएफ४ को मूल्य १ लाख ३ हजारबाट १ लाख २० हजार र जेमोपाई राइडरको मूल्य १ लाख ११ हजारबाट ९९ हजारमा झरेको छ ।
काठमाडौँ – एमजी गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट...
काठमाडौं – हुन्डाई मोटर्सले नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट...
काठमाडौं– जिकर ईभीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...