टोटल लुब्रिकेन्ट्सको रिटेलर मिट सम्पन्न

काठमाडौं– टोटल लुब्रिकेन्ट्सले काठमाडौँमा रिटेलर मिट सम्पन्न गरेको छ । टोटल इनर्जिजको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्यूव आयल प्रालिले चाबहिल–जोरपाटी एरियाको बिक्रेता शँकर यमुना अटो पार्टसको सहकार्यमा गत शनिबार रिटेलर मिट आयोजना गरेको हो । सो कार्यक्रममा काठमाडौंका १५० जना भन्दा बढी रिटेलरहरुको उपस्थिति रहेको थियो ।

शंकर यमुना अटो पार्ट्सका म्यानेजिङ डाईरेक्टर शंकर राज कारजितको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल वर्कशप ब्यवसायी संघका केन्द्रीय अध्यक्ष शरण कुमार गुरुङ, बिशेष अतिथिका रुपमा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका पुर्व अध्यक्ष माधव प्रसाद पाण्डे र अन्य अतिथिहरुमा नेपाल वर्कशप व्यवसायी संघका सह कोषाध्यक्ष श्री प्रसाद गुरुङ, टोटल इनर्जिज इन्डियाका एक्सपोर्ट म्यानेजर पुरुषोतमन एमएस. र लक्ष्मी ल्युब आयलका सेल्स म्यानेजर उमेश घिमिरेको सहभागिता रहेको थियो ।

कार्यक्रममा टोटल इनर्जिज इन्डियाका पुरुषोतम एमएसले टोटल इनर्जिजमा उपलब्ध प्रोडक्ट रेन्ज र यसका विशेषताको बारेमा सहभागी रिटेलरहरुलाई जानकारी गराएका थिए ।

विशेष अतिथिको रुपमा बोल्दै नाटुका पुर्व अध्यक्ष माधव पाण्डेले कमसल गुणस्तरका लुब्रिकेन्टको कारोबार बढ्दै गएको अवस्थामा गुणस्तरिय लुब्रिकेन्टको कारोबार गर्ने व्यवसायीलाई चुनौती थपिएको उल्लेख गर्दै आम बिक्रेता र उपभोक्ताहरुलाई गुणस्तरिय लुब्रिकेन्टको प्रयोग र बिक्री वितरण गर्न सुझाब दिए ।

कार्यक्रमका आयोजकको तर्फबाट बोल्दै लक्ष्मी ल्युब आयलका सेल्स म्यानेजर उमेश घिमिरेले लक्ष्मी ग्रुपको साथै लक्ष्मी ल्युब आयल प्रालिको बारेमा सहभागीहरुलाई जानकारी गराए ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै शरण कुमार गुरुङले गुणस्तरहिन लुब्रिकेन्टको कारोबार मौलाउँदै जानु दुखद रहेको भन्दै यसलाई रोक्न मापदण्ड बनाउन सरकारसँग पहल गर्न प्रयास गर्ने जानकारी गराए ।

सम्बन्धित समाचारहरू

स्मार्ट लुब्रिकेन्टसको पहिलो डिलर सम्मेलन ईलामको कन्याममा सम्पन्न

स्मार्ट लुब्रिकेन्टसको पहिलो डिलर सम्मेलन ईलामको कन्याममा सम्पन्न

स्वदेशी लुव्रिकेन्ट्स व्रान्ड स्मार्टले आफ्नो पहिलो डिलर सम्मेलन इलामको...

इन्जिन आयल वाहेक यी हुन् कारमा प्रयोग गरिने ६ प्रकारका तरल पदार्थ

इन्जिन आयल वाहेक यी हुन् कारमा प्रयोग गरिने ६ प्रकारका तरल पदार्थ

हामीले कार वा बाइकमा प्रयोग गर्ने विभिन्न प्रकारका तरल पदार्थ अर्थात...

कम गुड्ने सवारी साधनमा समेत समयमै इन्जिन आयल परिवर्तन गर्नु किन महत्वपूर्ण छ ?

कम गुड्ने सवारी साधनमा समेत समयमै इन्जिन आयल परिवर्तन गर्नु किन महत्वपूर्ण छ ?

यदि सवारीसाधन एकदमै कम मात्र गुडेको छ र आफ्नो गाडीको इन्जिन आयल फेर्नु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...