शाओलिनका दुई मोडलका इलेक्ट्रिक बस नेपाली बजारमा आउँदै, मूल्य १ करोड २९ लाख ९९ हजार
चिनियाँ बस निर्माता कम्पनी हेनान शाओलिन बस कम्पनीका दुई मोडलका इलेक्ट्रिक...
लक्जरी कार ब्रान्ड मर्सिडिज वेन्ज २०३० सम्ममा ईभी ब्राण्डमात्रै बन्ने योजनाबाट पछि हटेको छ । कम्पनीले यसअघि सन् २०३० सम्ममा पूर्ण विद्युतीय ब्रान्ड बन्ने आफ्नो योजना घोषणा गरेको थियो ।
उक्त योजनाबाट पछि हटेको कम्पनीले २०३० सम्ममा ईभी र हाइब्रिडको हिस्सा ५० प्रतिसतसम्म पुर्याउने नयाँ योजना अघि सारेको हो ।
मर्सिडीज–बेन्जका सीईओ ओला केलेनियसका अनुसार पुरै यूरोपमा पनि २०३० सम्ममा इलेक्ट्रिक कारमात्र बिक्री हुने छैन । हाल मर्सिडीजको लाइनअपमा ब्याट्रीबाट चल्ने सवारी साधनले कुल बिक्रीको ११ प्रतिशत र हाइब्रिडले १९ प्रतिशत ओगटेको छ ।
‘मर्सिडीज अझै पनि यसको कम्वसर इन्जिन–संचालित सवारी साधनहरूको उत्पादन गर्न र अर्को दशकमा तिनीहरूको प्रविधिलाई राम्रोसँग अपडेट गर्नको लागि राम्रो स्थितिमा रहेको पुष्टि गर्दछ’ उनले भने ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...