गल्फ लुब्रिकेन्टद्वारा चितवनमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँगको भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ चितवनमा सम्पन्न गरेको छ । नेपाल ल्युब आयल लिमिटेडको चितवनको लागि आधिकारिक डिलर आशीर्वाद अटो ट्रेडिङको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा उत्साहजनक रुपमा बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएको नेपाल ल्युब आयलले जनाएको छ ।

आशीर्वाद अटो ट्रेडिङका प्रवन्धक सुवास कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल अटोमोबाइल्स डिलर एसोसिएसन (नाडा) का बाग्मती प्रदेश प्रमुख एवं चितवन अटोमोबाइल एसोसिएसनका अध्यक्ष कुल बहादुर क्षेत्री रहेका थिए भने नेपाल ल्युब आयल लिमिटेडका उपमहाप्रबन्धक दिवाकर मिश्र सहित नेपाल ल्युब आयल लिमिटेडका सेल्स तथा मार्केटिङ टिमको पनि उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका उपमहाप्रबन्धक दिवाकर मिश्रले भने, ‘यो भेटघाट कार्यक्रम हाम्रो लागि निकै महत्वपूर्ण रहेको छ र यो हामी देशभरी संचालन गर्दै आएका छौ । यो कार्यक्रमको मुख्य उद्देश्य भनेको विभिन्न क्षेत्रमा रहेका रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँग प्रत्यक्ष भेटघाट गरी उहाँहरुको सल्लाह र सुझाब लिई त्यही अनुरुप रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्समैत्री नीति बनाउनु हो ।’

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका असिष्टेन्ट म्यानेजर राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेन्ट र ग्रेडका लुब्रिकेन्ट, ग्रिजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा चितवन अटोमोबाइल एसोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद काफ्ले, चितवन अटोमोबाइल एसोसिएसनका पुर्व अध्यक्ष कृष्ण प्रसाद भण्डारी एवं चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष राम बहादुर तिमिल्सिना लगायतका बक्ताहरुले आफ्ना मन्तव्य राखेका थिए ।

कार्यक्रममा लुब्रिकेन्ट बिक्रीमा उत्कृष्ट प्रदर्शन गर्ने रिटेलर एवं मेकानिक्सहरुलाइ हौसला स्वरुप सम्मान समेत गरिएको थियो ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्रान्ड विगत ३८ वर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

चौधरी ग्रुप अन्तर्गतको नेपाल ल्युब आयलले कम्पोनेन्ट व्यवसाय समेत गर्ने

चौधरी ग्रुप अन्तर्गतको नेपाल ल्युब आयलले कम्पोनेन्ट व्यवसाय समेत गर्ने

काठमाडौं । नेपालमा हाल गल्फ लुब्रिकेन्टको बिक्री वितरण गरिरहेको चौधरी...

रुसका तेल भण्डारमा युक्रेनको आक्रमण, १० ठुला तेल भण्डार ध्वस्त

रुसका तेल भण्डारमा युक्रेनको आक्रमण, १० ठुला तेल भण्डार ध्वस्त

युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ। रूसको राष्ट्रपति भवनमा...

कोभिड असर : बेस आयलको मूल्य लगातार बढ्दा नेपालमा फेरि बढ्दै लुब्रिकेन्टको मूल्य

कोभिड असर : बेस आयलको मूल्य लगातार बढ्दा नेपालमा फेरि बढ्दै लुब्रिकेन्टको मूल्य

काठमाडौं – निषेधाज्ञा भन्दा पहिले एक पटक बढेको लुब्रिकेन्टको मूल्य नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...