भारतमा ४३ प्रतिशत ग्राहक इलेक्ट्रिक टु–ह्विलर किन्न इच्छुक
काठमाडौं–भारतमा इलेक्ट्रिक टु–ह्विलरप्रतिको आकर्षण बढ्दै गएको छ ।...
काठमाडौं– लुयान स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो इमिसन राइड एनले आजदेखि लागुहुने गरी ‘लुयान एक्सचेन्ज अफर’ सँचालनमा ल्याएको छ । लुयानका कुनै पनि मोडेलका विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर सँचालनमा ल्याइएको हो ।
विद्युतीय सवारीसाधन खरिद गर्न चाहने तर आफुसँग भएको पुरानो बाइक वा स्कुटरलाई कता बेच्ने भन्ने समस्या भएका ग्राहकलाई यो अफरले सहज बनाउने कम्पनीको भनाई छ ।
ग्राहकसंग भएको पुरानो बाइकमा १५ हजार अतिरिक्त मूल्यांकनको साथै नयाँ स्कुटर खरिद गर्ने ग्राहकलाई चालु आर्थिक बर्षको कर तथा एउटा प्रिमियम हेलमेट निःशुल्क दिने कम्पनीले जनाएको छ । स्किम लुयानको सम्पूर्ण शोरुम तथा डिलरहरुमा लागु हुनेछ ।
कम्पनीका अनुसार लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ । यसका साथै लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ । टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...