महिन्द्राले ७ महिनामा बेच्यो ३० हजार विद्युतीय कार, नेपालमा प्रभाव कम
काठमाडौं– महिन्द्राले आफ्नो विद्युतीय कारको बिक्रीमा एक प्रमुख...
महिन्द्राले हालै स्कोर्पियो एक्स नाम दर्ता गरेसँगै कम्पनीले स्कोर्पियो एन एसयूभीमा आधारित नयाँ पिकअप मोडल ल्याउने तयारी गरिरहेको अनुमान गरिएको छ । कम्पनीले यसको कन्सेप्ट मोडल गत वर्ष दक्षिण अफ्रिकामा सार्वजनिक गरेको थियो ।
स्कोर्पियो एक्स पिकअप मोडलको तयारी संस्करण सन् २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ । यसको कन्सेप्ट मोडल गत वर्ष परीक्षणको समयमा पनि देखिएको थियो । यद्यपि यसमा स्कोर्पियो क्लासिकको डिजाइन एलिमेन्ट र टेललाइट समावेश थिए ।
महिन्द्राको सो पिकअप मोडल नयाँ जेनरेशनको एमहक डिजेल इन्जिनद्वारा संचालित हुन सक्ने अनुमान गरिएको छ । यसको इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्समा जोडिनेछ । साथै यसमा फोर ह्विल ड्राइभ सिस्टम पनि उपलब्ध हुनेछ ।
सो कार भारतमा भन्दा पहिला दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड जस्ता देशहरू र दक्षिण अमेरिकी देशमा लन्च गरिनेछ । यसले टोयोटा हाइलक्स र इसुजु डी–म्याक्स भी–क्रससँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं– महिन्द्राले आफ्नो विद्युतीय कारको बिक्रीमा एक प्रमुख...
भारतिय अटो उत्पादक महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी स्कर्पियो र...
महिन्द्राले थार रोक्सको साउन्ड सिस्टम अपग्रेड गरेको छ । एसयूभी अब...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...