माघ महिनामा नेपाल भित्रिए १ हजार ५२ विद्युतीय कार

काठमाडौं – चालु आर्थिक वर्षको साउन देखि माघ महिना सम्म ७ महिनाको अवधिमा नेपालमा ६ हजार १५९ विद्युतीय कार, जिप र भ्यान भित्रिएका छन् ।

भन्सार विभागले हालै प्रकाशित गरेको तथ्यांक अनुसार उक्त परिमाणमा आयात भएको विद्युतीय गाडीका लागि नेपालबाट १५ अर्ब ४ करोड ९ लाख ४६ हजार रुपैयाँ बाहिरिएको छ। सोमार्फत सरकारले ६ अर्ब ६२ करोड ८० लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। विद्युतीय गाडी आयातको उक्त तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ गुणा बढी हो। गत आर्थिक वर्षको साउनदेखि माघसम्म २ हजार ९ वटा विद्युतीय गाडी आयात भएका थिए।

गत पुस सम्म ५ हजार १०७ विद्युतीय गाडी भित्रिएकोमा माघ सम्म ६ हजार १५९ विद्युतीय गाडी भित्रिएका हुन् । यस अनुसार एक महिनाको अवधिमा १ हजार ५२ विद्युतीय कार, जिप र भ्यान भित्रिएका छन् ।

सम्बन्धित समाचारहरू

नेक्सन ईभीद्वारा काठमाडौंमै ३४७ किमीसम्म रेन्ज

नेक्सन ईभीद्वारा काठमाडौंमै ३४७ किमीसम्म रेन्ज

काठमाडौंमै नेक्सन ईभीले ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएको छ । ...

नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर क्यापाचिनो एस, मूल्य ४ लाख २९ हजार

नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर क्यापाचिनो एस, मूल्य ४ लाख २९ हजार

काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्ड जम्बो ब्राभोको इलेक्ट्रिक...

कोरला नाकाबाट पहिलो पटक भित्रिए १०० भन्दा बढी ईभी

कोरला नाकाबाट पहिलो पटक भित्रिए १०० भन्दा बढी ईभी

मुस्ताङ – लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...