क्यास्ट्रोलद्वारा देशका विभिन्न शहरमा डिलरशिप आह्वान
काठमाडौं–क्यास्ट्रोलले नेपालका विभिन्न जिल्लाका प्रमुख बजारमा आफ्नो...
पेट्रोनास लुब्रिकेन्ट्सले मेकानिक्ससंग अन्तरक्रिया गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता त्रिथुंगा ट्रेडिङ प्रालिको आयोजना तथा कालिका ट्रेड सप्लायर्सको संयोजनमा बिर्तामोडमा मेकानिक मिट सम्पन्न भएको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्य तथा कालिका ट्रेड सप्लायर्सका प्रबन्ध निर्देशक डम्बर थापाको अध्यक्षता रहेको कार्यक्रममा बिर्तामोड , मेचीनगर , बुद्धशान्ति र भद्रपुरका मेकानिकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा त्रिथुंगा ट्रेडिङ प्रालिका नेशनल सेल्स हेड अभिशेख अधिकारी र कोशी प्रदेश हेड रामदास भट्टराईले सहजीकरण गरेका थिए । उनीहरुको अन्तर्राष्ट्रिय स्तरको उत्पादन भएकाले पेट्रोनस लुब्रिकेन्टस् नै प्रयोग गर्न र गराउन आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल अटो मेकानिक ट्रेड युनियनका ऋषि पौडेल, बिर्तामोड उद्योग वाणिज्य संघका सचिव कुशल खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...