होन्डाले सार्वजनिक गर्यो डब्लूआर–भीको सेकेन्ड जेनेरेशन
होन्डाले डव्लुआर–भीको सेकेन्ड जेनेरेशनलाई इन्डोनेशियामा सार्वजनिक...
जापनिज अटो निर्माता होण्डाले आफ्नो लोकप्रिय सेडान कार सिटीलाई ह्याचब्याकमा पनी उतारेको छ । कम्पनीले सिटी ह्याचब्याकलाई थाइल्याण्डमा लन्च गरेको हो । उक्त ह्याचब्याक कार हालको नयाँ जेनरेशन सिटी सेडान जस्तै प्लेटफर्ममा आधारित छ ।
सो नयाँ कारमा १६ इन्च एलोय ह्वील, अपडेटेड एलईडी हेडलाइट एबं टेल लाइट र डुअल–टोन पेन्ट विकल्प सहितको ट्वीक फ्रन्ट ग्रिल उपलब्ध गराइएको छ ।
कारको इन्टेरियर सिटी सेडानसँग मिल्दोजुल्दो छ । यसमा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, रेन सेन्सिङ वाइपर, वाक–अवे अटो लक÷अनलक, एडाप्टिभ क्रुज कन्ट्रोल र होन्डा सेन्सिङ सुइट जस्ता सुविधाहरू पाउन सकिन्छ । कारमा एडास २ सहित अन्य थुप्रै प्रकारका सेफ्टि फिचर दिइएको छ ।
सो नयाँ कार १.० लिटर टर्बोचार्ज्ड इनलाइन–३ भीटेक इन्जिन, १.५ लिटर ४–सिलिन्डर आई–भीटेक पेट्रोल हाइब्रिड र १.५ लिटरमै ईभी हाइब्रिड र इन्जिन मोडमा चालउन मिल्ने ई–सिभीटी गियरवक्समा उपलब्ध छ ।
होन्डाले डव्लुआर–भीको सेकेन्ड जेनेरेशनलाई इन्डोनेशियामा सार्वजनिक...
होन्डाको लोकप्रिय स्कुटर डियो अब एच–स्मार्ट टेक्नोलोजीमा आउने भएको छ । यो...
होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सेडान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...