५५०० मिटर उचाइमा अवस्थित ढुकुङ्ला पास पुग्ने पहिलो मोटरसाइकल बन्यो केटीएम ३९० इन्डुरो
काठमाडौं–केटिएमले हालसालै लन्च गरेको नयाँ मोटरसाइकल ३९० इन्डुरो आर...
काठमाडौं– २०२४ केटिएम ड्यूक २५० को बुकिङ खुलेको छ । नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ ड्यूक २५० को मूल्य ७ लाख ४० हजार तोकेर बुकिङ खुलाएको हो । उक्त मूल्य हाल बिक्री हुँदै आएको पुरानो मोडलको तुलनामा जम्मा ५ हजारले बढी हो । पुरानो मोडललाई कम्पनीले ७ लाख ३५ हजारमा बिक्री गर्दै आएको छ।
नयाँ ड्यूक २५० मा केटिएमले इन्जिनदेखी चेसिस र फिचरसम्म ब्यापक परिमार्जन गरेको छ । पुरानो मोडलमा डिओएचसी इन्जिन दिइएकोमा नयाँ ड्यूक २५० मा भने एसओएचसी इन्दिन जडान गरिएको छ । नयाँ बिएस६ इन्जिनमा आएसंगै यसको पावर र टर्क समेत बढेको छ । यसमा जडान गरिएको २४९.०७ सिसी इन्जिनले ३१ पीएस पावर र २५ एनएम टर्क जेनेरेट गर्दछ । जुन पुरानो मोडलको तुलनामा १ पीएस पावर र १ एनएम नै टर्क बढी हो ।
यसैगरी १३.५ लिटरको फ्यूल ट्यांकलाई बढाएर १५ लिटर पु-याइएको छ भने ग्राउन्ड क्लिरेयन्स १८५ एमएमबाट घटेर १७६ एमएम भएको छ । बाइकको तौल समेत १६९ किलोग्रामबाट घटेर १६२.८ किलोग्राममा झरेको छ । नयाँ बाइकलाई १४८ किलोमिटर प्रतिघण्टको उच्च गतिमा हाँक्न सकिन्छ ।
ड्यूक ३९० को डिजाइनबाट प्रेरित यसमा पूर्णत एलएडी लाइट दिइएको छ । बाइकमा सुपर मोटो एबिएस मोड सहितको डुअल च्यानल एबिएस, डुअल डिस्क ब्रेक, एलसीडी डिस्प्ले, डब्लूपी अपसाइड डाउन फ्रन्ट फोक्र्स तथा डब्लूपी मोनोशक, अन्डरबेली एक्जस्ट, स्लिपर क्लर र क्विक सिफ्टर लगायत विशेषता पाउन सकिन्छ ।
काठमाडौं–केटिएमले हालसालै लन्च गरेको नयाँ मोटरसाइकल ३९० इन्डुरो आर...
केटिएम तथा हस्कभर्ना मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक हंसराज...
भारतमा केटीएमले आफ्नो लोकप्रिय एडभेन्चर बाइक केटीएम ३९० एडभेन्चर एक्सको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...