५ इन्चको टीएफटी डिस्प्लेसहित आयो नयाँ बजाज पल्सर एनएस४०० जेड
बजाज अटोले पल्सर ब्रान्डको २५औँ वार्षिकोत्सवको अवसर पारेर आफ्नो...
काठमाडौं– नेपालमा सबैभन्दा धेरै नाफा हुने क्षेत्र अटोमोबाइल भएको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको दोस्रो ब्यापार सर्वेक्षणले धेरै नाफा हुने क्षेत्रमा सवारीसाधन बिक्री तथा मर्मतसम्भार रहेको जनाएको हो ।
शुक्रबार सार्वजनिक गरिएको दोस्रो ब्यापार सर्वेक्षणअनुसार सवारी साधन बिक्री तथा मर्मतसम्भारमा सबैभन्दा धेरै मार्जिन २४.२ प्रतिशतको देखिएको छ । सर्वेक्षणमा होलसेल व्यापार, खुद्रा व्यापार र सवारीसाधन व्यापारबारे अध्ययन गरिएको थियो ।
होलसेल व्यापारमा १३.१ प्रतिशतको व्यापार नाफा देखिएको छ भने खुद्रा व्यापारमा १८.२८ प्रतिशतको नाफा देखिएको हो । औसत व्यापार मार्जिन भने १८.५३ प्रतिशत रहेको व्यापार सर्वेक्षणले देखाएको छ ।
सवारीसाधन बिक्री र मर्मतमा बाग्मतीका ब्यापारीले सबैभन्दा बढी मार्जिन राख्ने गरेका छन् । यो प्रदेशका ब्यापारीले २८.५७ प्रतिशत मार्जिन राख्ने गरेका छन् । यस्तै सुदुरपश्चिमका ब्यापारीले २३.०८, मधेशकाले २२.३४, गण्डकीकाले २०.९०, लुम्विनीकाले २०.१६, कर्णालीकाले १९.३४ प्रतिशत मार्जिन राख्ने गरेको पााइएको छ । कोशीका अटोमोबाइल ब्यापारीले भने सबैभन्दा कम १७.४४ प्रतिशतमा काम गरिरहेको सर्बेक्षणले देखाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...