बजार मूल्यमा हुन्डाइलाई उछिन्यो कियाले

कियाको बजार मूल्यले सन् २००१ पछि पहिलो पटक हुन्डाईलाई उछिनेको छ । स्टकमा निरन्तर बृद्धि भएसंगै किया मोटर्स दक्षिण कोरियाका पाँचौ सबैभन्दा मूल्यवान स्टक बनेको हो । कम्पनीको मार्केट भ्यालू ३१ बिलियन डलर पुगेको छ ।

कम लागतका ईभीहरु ल्याउने घोषण गरेसंगै कम्पनीको स्टकमा उच्च बृद्धि आउन थालेको एक रिपोर्टमा उल्लेख गरिएको छ । कम्पनीले निकट भविष्यमा कम मूल्यका मोडलहरु ईभी३ ईभी४ र ईभी ५ लन्च गर्ने उद्घोष गरेको थियो । यो वर्ष कियाको ईभी बिक्री ५० प्रतिशतले बढेर २ लाख ७० हजार यूनिट पुग्ने प्रक्षेपण गरिएको छ ।

सन् १९९८ मा टाट पल्टिने अबस्थामा पुगिसकेको कियालाई हुन्डाईले खरिद गरी यसको अस्तित्व बचाएको थियो । कियालाई खरिद गरेपछि सन् २००० मा हुण्डाई मोटर ग्रुप स्थापना भएको हो । ग्रुपमा हाल हुन्डाई र किया सहित लक्जरी ब्राण्ड जेनेसिस सामेल छ ।

सम्बन्धित समाचारहरू

१५०० सीसी माथिको कार र इलेक्ट्रिक कारमा बढ्यो कर : यस्तो छ अन्य व्यवस्था

१५०० सीसी माथिको कार र इलेक्ट्रिक कारमा बढ्यो कर : यस्तो छ अन्य व्यवस्था

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट...

सागरले बनाए विद्युतीय मोटरसाइकल, विद्यालयले दियो पुरस्कार

सागरले बनाए विद्युतीय मोटरसाइकल, विद्यालयले दियो पुरस्कार

काठमाडौं – अर्घाखाँचीका सागर पोखरेलले ब्याक गियरसहितको विद्युतीय...

पार्क मोड र भेन्टिलेटेड सिट सहित टाटा नेक्सन अपडेट भर्सन लन्च हुने

पार्क मोड र भेन्टिलेटेड सिट सहित टाटा नेक्सन अपडेट भर्सन लन्च हुने

टाटा मोटर्सको सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कार टाटा नेक्सन अपडेट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...