चाइनिज न्यु इयर कप फुटबलमा मुख्य प्रायोजन बीवाईडीले गर्ने

काठमाडौं – बीवाईडीले नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर कप’ का लागि सहकार्य गर्ने भएका छन् । चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजना गरिने सो महत्वपूर्ण खेलको मुख्य प्रायोजक बीवाईडी हुनेछ ।

बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु–२१ फुटबल टिमबिच प्रतिस्पर्धा हुने जनाइएको छ । यसले फुटबलको विश्वव्यापी भाषाबाट चीन र नेपालबिचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबिचको सम्बन्धलाई अझै मजबुत बनाउने विश्वास लिइएको छ ।

यस प्रकारको प्रतिष्ठित इभेन्टको मुख्य प्रायोजकको नाताले दुई देशबिचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेल्ने बीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकको भनाई छ ।

कम्पनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘क्लिन इनर्जी र सस्टेनेबल मोबिलिटी सोलुसनका लागि विश्वमै नेतृत्व गरिरहेको बीवाईडी उत्कृष्टता, नवीनता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध छ । चाइनिज न्यु इयर कप जस्तो पहलबाट आपसी समझदारी र सहयोग प्रवद्र्धन हुने र दुवै देशका जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने छ ।’

इभेन्टलाई सफल बनाउन समर्पित चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद लगायतका आयोजकप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीले सह–आयोजकहरु ‘नेपाल ओभरसिज चाइनिज एसोसिएसन’, अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘चाइजिन इन्टरप्राइजेज एसोसिएसन इन नेपाल’ प्रति आभार प्रकट गरेको छ ।

सम्बन्धित समाचारहरू

को–को हुन सक्छन् वुलिङ एयर इभीको नेपालमा लक्षित ग्राहक ?

को–को हुन सक्छन् वुलिङ एयर इभीको नेपालमा लक्षित ग्राहक ?

नेपाली बजारका लागि लामो समयदेखी प्रतिक्षा गरिँदै आएको वुलिङ एयर इभीको...

बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

दिपल प्रि–बजेट प्राइसमा, सेरेसमा नाडा अफर र नामी ईभी किन्दा ७ किलोवाटको...

१८ महिना भित्र इलेक्ट्रिक टु ह्विलरको सिरिज ल्याउने टिभिएसको घोषणा

१८ महिना भित्र इलेक्ट्रिक टु ह्विलरको सिरिज ल्याउने टिभिएसको घोषणा

काठमाडौं– भारतीय टु ह्विलर निर्माता टिभिएसले अवको १८ महिनाभित्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...