होन्डा एसपी १२५ बीएस६ को खुल्यो बुकिङ, मूल्य २ लाख ७८ हजार ९००

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ मोटरसाइकल एसपी १२५ बीएस६ को बुकिङ खुला गरेको छ । केही समयका लागि सो मोटरसाइकलको मूल्य २ लाख ७८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

ड्रम र डिस्क भेरिएन्टमा उपलब्ध हुने सो बाइक मध्ये डिस्क भेरिएन्टको मूल्य २ लाख ८८ हजार ९ सय रुपैयाँ हुनेछ । करिव एक सातामै सो बाइक नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ ।

कम्पनीले सो मोटरसाइकल १२५ सीसीमा आउने सबैभन्दा प्रिमियम मोटरसाइकल भएको जनाएको छ । यसमा एलईडी हेडलाइट, फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, साइड स्ट्यान्ड इन्जिन कट अफ र साइलेन्ट स्टार्टर जस्ता फिचर रहेका छन् ।

यसको पछिल्लो भागमा भएको फराकिलो टायरका साथ उपलब्ध हुने एड्भान्स्ड ट्रयाक्सनले बेटर ब्रेकिङका साथ सेफ्टी प्रदान गर्छ । बाइकको एड्भान्स्ड लुक र एड्भान्स्ड डिस्प्लेले अन्य बाइक भन्दा फरक देखाउछ ।

बाइकमा १२३.९४ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड, फ्युल इन्जेक्टेड इन्जिन छ, जसले १०.७ बीएचपी पावर र १०.९ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससँग ट्युन गरिएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ होन्डा एक्टिभा इलेक्ट्रिकको विशेषता

यस्तो छ होन्डा एक्टिभा इलेक्ट्रिकको विशेषता

नयाँ होन्डा एक्टिभा इलेक्ट्रिक स्कुटर भारतीय बजारमा लन्च भएको छ । यसलाई...

होन्डा कारमा मन्सुन अफर, ३० प्रतिशत डाउनपेमेन्ट र शून्य प्रतिशत व्याजदरको सुविधा

होन्डा कारमा मन्सुन अफर, ३० प्रतिशत डाउनपेमेन्ट र शून्य प्रतिशत व्याजदरको सुविधा

होन्डा गाडीको नेपालका लागी आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले...

होन्डा एक्टिभाले पार ग-यो ३ करोड ५० लाख युनिट बिक्रीको माइलस्टोन

होन्डा एक्टिभाले पार ग-यो ३ करोड ५० लाख युनिट बिक्रीको माइलस्टोन

भारतको सबैभन्दा लोकप्रिय स्कुटरमध्ये एक होन्डा एक्टिभाले नयाँ इतिहास...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...