ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा नयाँ मोडल ल्याउने तयारी
काठमाडौंः प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
काठमाडौं - दीगो ग्रुप अफ कम्पनीले मुलकोटको रामटारमा आफ्नो पहिलो दीगो ई-स्टप स्थापना गरेको छ । विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेशनहरूसँग रेस्टुरेन्ट सुविधाहरूको संयोजन गर्दै राजमार्ग यात्रुहरूका लागि आवश्यक सेवा प्रदान गर्न कम्पनी उक्त ई-स्टप स्थापना गरेको हो ।
रणनीतिक रूपमा मुलकोटमा अवस्थित दीगो ई-स्टपले लामो दुरीको सडक यात्रामा क्रान्ति ल्याउने कम्पनीको प्रतिबद्धता छ । लामो दूरीका यात्रुहरूका लागि समाधान गरेर दीगो ई-स्टप नेपालभर दिगो र पर्यावरण-मैत्री यात्राहरू प्रवर्द्धन गर्न कम्पनी एउटा ल्यान्डमार्क बन्न तयार छ ।
ईभी चार्जिङ स्टेसनहरू, परिवारमैत्री रेष्टुरेन्टहरू, सफा शौचालय र उच्च गतिको वाईफाई सेवा जस्ता अत्याधुनिक सुविधाहरूसहित दीगो ई-स्टप लामो समयको लागि यात्रा गर्न प्रतिबद्ध छ । सार्वजनिक यातायात र निजी सवारी साधन यात्री दुबैले यसको सुविधा लिन सक्नेछन् ।
दीगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायमाझीले नेपालभरका राजमार्गहरूमा ई-स्टपहरुको विस्तार गर्ने र विद्युतीय यातायात प्रवर्द्धनका साथै राजमार्गहरूमा सफा र स्वच्छतापूर्ण विश्राम स्टपहरू उपलब्ध गराउने बताए ।
‘मुलकोटमा ई-स्टपले आधुनिक यात्रीहरूको लागि दिगो र नवीन समाधानहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । ईभी चार्जिङ स्टेशनहरूसँग रेस्टुरेन्ट सुविधाहरू एकीकृत गरेर, हामीले यातायातका दिगो र पर्यावरण-मैत्री मोडहरू प्रवर्द्धन गर्दै राजमार्ग यात्रुहरूका लागि समग्र अनुभव सिर्जना गर्ने लक्ष्य राखेका छौं ।’ उनले भने ।
काठमाडौंः प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
आहा सुस्तरी सुस्तरी यो मन फसेछ ।। नबोली नबोली माया बसेछ ।। माथीका यी हरफहरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...