नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुने

नारायणगढ। नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसोको समयमा बन्द हुने भएको छ ।

सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।

बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिनका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको हाे ।

मुग्लिन नजिक तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न पुस ७ गतेदेखि सो सडक मध्याह्न १२ बजेदेखि दिउँसो चार बजेसम्म बन्द हुँदै आएको छ । सुरुमा पुस २८ सम्मका लागि भनेर पहाड काट्न बाटो बन्द भएको थियो । यो समयमा काम नसकिए पछि माघ २० सम्मलाई समय थपिएको थियो । तर काम सम्पन्न नभएपछि फेरि म्याद थप गरिएको हो । पुन थप भएको समय अनुसार फागनु १२ गतेसम्म दिउसाेको समयमा सडक बन्द हुनेछ ।

सम्बन्धित समाचारहरू

रात्रि सेवाका १५ बस प्रहरीको नियन्त्रणमा, यस्तो छ कारण

रात्रि सेवाका १५ बस प्रहरीको नियन्त्रणमा, यस्तो छ कारण

काठमाडौं–प्रहरीको विशेष चेकिङ टोलीले रात्रि सेवाका १५ वटा बसलाई...

भासिएको ४ मिटर सडक ४ महिनामा बनाएपछि रिबन काटेर गरियो उद्घाटन

भासिएको ४ मिटर सडक ४ महिनामा बनाएपछि रिबन काटेर गरियो उद्घाटन

काठमाडौँ – काठमाडौँको कमलादीमा भासिएको सडक चार महिना लगाएर मर्मत...

चलचित्र ‘वसन्त’को गीत ‘मोटर’ सार्वजनिक …. त्यही लैजाउ न मोटर सरर सरर

चलचित्र ‘वसन्त’को गीत ‘मोटर’ सार्वजनिक …. त्यही लैजाउ न मोटर सरर सरर

काठमाडौं – गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...