हुन्डाई नेपालले खोल्यो एक्सटरको बुकिङ, अब औपचारिक लन्चको प्रतीक्षा

काठमाडौंं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई एक्सटरको बुकिङ खुला गरेको छ ।

गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो र बुकिङ पनि प्रारम्भ गरेको थियो । सन् २०२४ देखि नेपाली बजारमा उपलब्ध हुने बताइए पनि अब फेरि यसको बुकिङ खुला गरिएको छ । करिव दुई सातामै सो गाडी ग्राहकलाई हस्तान्तरण गरिने कम्पनी स्रोतको भनाइ छ ।

गत जुलाई महिनमा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईकोटी) को विजेता समेत बनेको छ ।

१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । माइक्रो एसयूभी सेग्मेन्टको एक्स्टरमा यही सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका टाटा पन्च, मारुती सुजुकी इग्निस र सिट्रोन सी३ मा नभएका प्रशस्तै सेग्मेन्ट फर्स्ट फिचर दिइएको छ । सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर दिइएको हो ।

हुन्डाईले माइक्रो एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ । यसैगरी यसमा शार्क–फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ, डुअल क्यामेरा सहितको ड्यासक्याम र वायरलेस चार्जर पाउन सकिन्छ ।

साथै सो एसयूभी टाईप–सी यूएसवी फास्ट चार्जर, पावर आउलेट सहितको रियर एसी भेन्ट, प्याडल सिफ्टर, १२ प्रकारका भाषा सपोर्ट गर्ने डिजीटल इन्स्ट्रयूमेन्ट क्लस्टर, अन–वोर्ड नेभीगेसन सिस्टम, एम्विएन्ट साउन्ड अफ नेचर, होम टु कार, वर्गलर अलार्म, थ्री प्वाइन्ट सीट वेल्ट, हील एसिसस्ट कन्ट्रोल र भेइकल स्ट्याविलीटी म्यानेजमेन्ट जस्ता ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर्सबाट सुसज्जित रहेको छ ।

सम्बन्धित समाचारहरू

क्रेटा ईभी अव नेपालगञ्जमा पनि, बिक्री पछिको सेवामा ढुक्क हुन ग्राहकलाई आग्रह

क्रेटा ईभी अव नेपालगञ्जमा पनि, बिक्री पछिको सेवामा ढुक्क हुन ग्राहकलाई आग्रह

काठमाडौं–हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

हुन्डाईको प्रिमियम ह्याचब्याक आई३० स्पोर्टी लुकमा आउँदै

हुन्डाईको प्रिमियम ह्याचब्याक आई३० स्पोर्टी लुकमा आउँदै

हुन्डाई मोटर्सले यो वर्ष निकै आक्रामक रुपमा आफ्नो उत्पादन भारतमा लन्च...

पुरै नयाँ डिजाइनमा आउने भयो हुन्डाई आई२०, पहिलो टिजर सार्बजनिक

पुरै नयाँ डिजाइनमा आउने भयो हुन्डाई आई२०, पहिलो टिजर सार्बजनिक

हुण्डाईले नेक्स्ट–जेन आई२० को पहिलो टिजर इमेज सार्बजनिक गरेको छ । अर्को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...