लुयानको नयाँ शोरुम नागपोखरीमा, पाँचौ वर्षको अवसरमा १५ हजार छुट र अन्य अफर

काठमाडौं – विगत ५ बर्षदेखि नेपाली बजारमा लुयान ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको जिरो इमिसन राइड (एन) ले वुधबारदेखि काठमाडौंको नागपोखरीमा नयाँ शोरुम संचालनमा ल्याएको छ । नागपोखरीबाट उत्तरढोका जाने सडकमा उक्त शोरुम रहेको छ ।

कम्पनीले आफ्नो व्यवसायको चौथो बर्ष पुरा गरी पाँचौ बर्षको यात्रामा हिड्दै गरेको अवस्थामा ‘लुयान, पाँचौ बर्ष बिशेष बहार’ स्किम समेत लागु गरेको छ । माघ १७ गते प्रारम्भ भएको उक्त अफर आगामी फाल्गुन ३० गतेसम्म लागु हुनेछ ।

यस स्किम अन्तरगत लुयान विद्युतीय स्कुटर खरिद गर्ने हरेक ग्राहकले नगद खरिदमा १५ हजार नगद छुट, एक बर्षको विमा तथा चालु आर्थिक बर्षको कर एवं एउटा गुणस्तरीय हेलमेट फ्रिमा पाउने कम्पनीले जनाएको छ । साथै नियमित जसो ६ पटकसम्मको फ्रि सर्भिस तथा वारेन्टी समेत ग्राहकहरुले पाउनेछन् ।

यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाडौं लगायत अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने कम्पनीले जानकारी गराएको छ ।

जिरो इमिसन राइड (एन) ले ‘देशको उर्जा, देश मै खपत अभियान’ भन्ने मुल नाराका साथ चीनमा निर्मित प्रसिद्ध ब्रान्ड ‘लुयान’ का विद्युतीय स्कुटरहरु नेपालमा आधिकारिक वितरकको रुपमा बिक्री–वितरण तथा बिक्री पछिको सेवा दिँदै आइरहेको छ ।

राजधानीका ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरका विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत कम्पनीले लुयान ब्रान्डका स्कुटरहरुको बिक्री–वितरण र बिक्री पछिको सेवाको व्यवस्था मिलाएको छ ।

ग्राहकको सुविधा तथा व्यवसाय विस्तारको क्रममा कम्पनीले उक्त शोरुमबाट ‘लुयान’ ब्रान्डका विद्युतीय स्कुटरहरुको बिक्री तथा बिक्री पछिको सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ नेपाल आउने तयारीमा रहेको सेरेस व्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी

यस्तो छ नेपाल आउने तयारीमा रहेको सेरेस व्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी

नेपाली अटो बजारमा नयाँ व्रान्डको इलेक्ट्रिक व्रान्ड सेरेस भित्रिने भएको छ...

महाराष्ट्रका ९० प्रतिशत ओला शोरुम बन्द गर्न निर्देशन, यस्तो छ कारण

महाराष्ट्रका ९० प्रतिशत ओला शोरुम बन्द गर्न निर्देशन, यस्तो छ कारण

महाराष्ट्र सरकारले ओला इलेक्ट्रिकलाई आफ्नो राज्यमा रहेका ९० प्रतिशत...

एक मिटर चौडाई भएको सानो सिटी इलेक्ट्रिक कार आउँदै

एक मिटर चौडाई भएको सानो सिटी इलेक्ट्रिक कार आउँदै

सवारीसाधनको खपत वढेसंगै सडकदेखी पार्किङ स्थलसम्मै यस्ता साधनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...