बीवाईडीले ब्लेड ब्याट्रीसहित एट्टो २ मिनी इलेक्ट्रिक एसयूभी ल्याउने

चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले चाँडै नै भारतीय र केही समय पश्चात नेपाली बजारमा समेत नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । हालै कम्पनीले चिनिया बजारमा एट्टो २ मिनी इलेक्ट्रिक एसयूभी लन्च गरेको थियो । नयाँ इलेक्ट्रिक एसयूभी बीवाईडीको थर्ड जेनेरेसन ३.० इलेक्ट्रिक कार प्लेटफर्ममा आधारित छ, जसमा फ्रन्ट ह्विल ड्राइभ लेआउटसहित उपलब्ध छ ।

बीवाईडी एट्टो २ इलेक्ट्रिक एसयूभी २०२५ सम्म युरोपेली बजारमा बिक्रीको लागि उपलब्ध हुनेछ । सो एसयूभी भारतीय बजारमा पनि लन्च गर्ने सम्भावना छ । सो सेगमेन्टमा यो एसयूभीले आगामी मारुती सुजुकी ईभीएक्स, हुन्डाई क्रेटा ईभी, टाटा कर्भ र टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

बीवाईडी एट्टो २ मा ब्लेड ब्याट्री जडान गरिएको छ । यसमा फास्ट चार्जिङ र फायर प्रुफ टेक्नोलोजी उपलब्ध छ । यसमा ३२ किलोवाट वा ४५.१ किलोवाट ब्याट्री प्याक जडान गरिएको छ, जसले क्रमशः ३०० किलोमिटर र ४०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसको तौल १४३० किलोग्रामदेखि १५४० किलोग्रामसम्म छ ।

रिपोर्टका अनुसार नयाँ एट्टो २ को लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाई १६७५ एमएम छ । सो एसयूभीले ९४ बीएचपीको पावर वा १७४ बीएचपीको पावर जेनेरेट गर्छ । सो इलेक्ट्रिक कारको ब्याट्रीमा फास्ट चार्जिङको सुविधा पनि रहेको छ ।

सम्बन्धित समाचारहरू

पहिलो पटक जापानी इलेक्ट्रिक कार ६० लाख मूल्य सहित नेपालमा, यस्ता छन् विशेषता

पहिलो पटक जापानी इलेक्ट्रिक कार ६० लाख मूल्य सहित नेपालमा, यस्ता छन् विशेषता

काठमाडौं – निसानले नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प...

कोमाकी नेपालले ल्यायो डबल ब्याट्री र धेरै रेन्ज भएको इलेक्ट्रिक स्कुटर एलवाई प्रिमियम

कोमाकी नेपालले ल्यायो डबल ब्याट्री र धेरै रेन्ज भएको इलेक्ट्रिक स्कुटर एलवाई प्रिमियम

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै कोमाकीको इलेक्ट्रिक स्कुटर उपलब्भ...

तीन महिनामा नेपाल भित्रियो ७०५ युनिट इलेक्ट्रिक कार, सवैभन्दा बढी भारतबाट

तीन महिनामा नेपाल भित्रियो ७०५ युनिट इलेक्ट्रिक कार, सवैभन्दा बढी भारतबाट

चालु आर्थिक वर्षको तीन महिनामा ७०५ युनिट इलेक्ट्रिक कार नेपाल भित्रिएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...