सिंगल चार्जमा ८५७ किमी रेन्ज दिने मर्सिडिज बेन्जको इलेक्ट्रिक कार

मर्सिडीज बेन्ज ईक्युएस ५८० शानदार रेन्जको लागि निकै लोकप्रिय एसयूभी हो । यो भारतमा सबैभन्दा उच्च रेन्ज भएको इलेक्ट्रिक कार हो । यद्यपि नेपाली बजारमा भने तत्काल यो गाडी आउने सम्भावना छैन ।

कम्पनीले मर्सिडिज बेन्ज ईक्युएस ५८० मा १०७.८ किलोवाटको लिथियम आयोन ब्याट्री प्याक जडान गरेको छ । सो एसयूभीले फुल चार्जमा ६७७ किलोमिटरको दूरी सजिलै पार गर्न सक्छ । तर कम्पनीले दावी गरे अनुसार सो एसयूभीको रेन्ज ८५७ किलोमिटर रहेको छ । यसलाई युरो एनसीएपी क्रयास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ दिइएको छ । सो इलेक्ट्रिक कार ९ एयरब्यागले सुसज्जित छ ।

मर्सिडिज बेन्ज ईक्युएस ५८० सन् २०२० मा भारतमा लन्च गरिएको थियो । यो ५ सिटर लक्जरी इलेक्ट्रिक कार हो । भारतमा एसेम्बल गरिएको यो मर्सिडिज बेन्जको १४औं मोडल हो ।

सो इलेक्ट्रिक कारमा मल्टी फङसन स्टेयरिङ ह्विल, पावर एडजस्टेबल एक्सटेरियर रियर भ्यू मिरर, फग लाइट, ९ एयरब्याग, ३६० डिग्री क्यामेरा, ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्ता फिचर समावेश गरिएको छ ।

कम्पनीले यसको अगाडि र पछाडि दुबै एक्सलमा इलेक्ट्रिक मोटर जडान गरेको छ, जसले ७५०.९७ बीएचपीको पावर जेनेरेट गर्छ । यसको टप स्पिड २१० किलोमिटर प्रति घण्टा छ । मर्सिडिज बेन्ज ईक्युएस ५८० को एक्स शोरुम मूल्य १ करोड ६२ लाख भारु छ ।

सम्बन्धित समाचारहरू

विंगर इलेक्ट्रिक स्कुटरको बिक्री शुरु, यस्तो छ मूल्य र विशेषता

विंगर इलेक्ट्रिक स्कुटरको बिक्री शुरु, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – जेरो ईमिसन राईड एनले अत्याधुनिक प्रविधिसहितको विंगर...

जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया हुने, इलेक्ट्रिक स्कुटर साट्न सकिने

जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया हुने, इलेक्ट्रिक स्कुटर साट्न सकिने

काठमाडौं – सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि...

आइएमई मोटर्सका सवारी साधन किन्दा रिलायन्स फाइनान्सले ७० प्रतिशत सम्म फाइनान्स गर्ने

आइएमई मोटर्सका सवारी साधन किन्दा रिलायन्स फाइनान्सले ७० प्रतिशत सम्म फाइनान्स गर्ने

काठमाडौँ- आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच ७० प्रतिशत सम्मको सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...