नाडा अटो शोमा लन्च हुने जिकर एक्सको मूल्य सार्बजनिक, दुई भेरिएन्ट नेपाल आउँदै
काठमाडौं– जिकर ईभीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
सन् २०२३ मा थाइल्यान्डमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय कार अर्थात ईभी बीवाईडी एट्टो ३ बनेको छ । सो वर्ष थाइल्यान्डमा १९ हजार २१४ बीवाईडी एट्टो ३ बिक्री भएका छन् ।
त्यसैगरी दोस्रो नम्बरमा नेटा भी रहेको छ । थाइल्यान्डको बजारमा यो वर्ष १२ हजार ७७७ नेटा भी बिक्री भए ।
तेस्रो नम्बरमा बीवाईडीकै डल्फिन, चौथो नम्बरमा ओरा गुडक्याट र पाँचौ स्थानमा टेस्ला मोडल वाई रहेका छन् । यी ईभी क्रमशः ९ हजार ४१०, ६ हजार ७१२ र ५ हजार ८८१ युनिट बिक्री भएका छन् ।
४ हजार ८३३ युनिट बिक्री भएर छैटौं स्थानमा एमजी ४ इलेक्ट्रिक रहेको छ भने ४ हजार ४७५ युनिट बिक्री भएर सातौ स्थानमा एमजीकै एमजी ईपी रहेको छ ।
आठौं स्थानमा टेस्ला मोडल ३ रहेको छ भने नवौं स्थानमा बीवाईडी सिल रहेको छ । यी ईभी क्रमशः २ हजार ३२४ र १ हजार ८१० युनिट बिक्री भए । दसौं स्थानमा एमजी जेडएस ईभी रहेको छ । एमजी जेडएस ईभी यो वर्ष १ हजार ७५३ युनिट बिक्री भए ।
अटोलाइफ थाइल्यान्डले गरेको रिपोर्ट अनुसार गत वर्ष थाइल्यान्डमा ७६ हजार ३१४ ईभी दर्ता भए, जुन समग्र सवारी साधन दर्ताको १२.०२ प्रतिशत हो । त्यसैगरी सन् २०२२ को तुलनामा २०२३ मा ईभी बिक्री ६८४ प्रतिशत बढी भयो ।
सन् २०२२ मा ९ हजार ७२९ ईभी बिक्री भएका थिए भने सन् २०२१ मा १ हजार ९३५ ईभी मात्र बिक्री भएका थिए ।
काठमाडौं– जिकर ईभीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ सोरुमहरुमा पुगेको छ । नेपालका...
काठमाडौं – नेपाली बजारमा उपलब्ध प्रसिद्ध चिनियाँ इलेक्ट्रिक स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...