भारतमा हरेक दिन बिक्छ ५५० यूनिट क्रेटा, २०२५ मा रेकर्ड ब्रेक बिक्री
हुन्डाईको सर्बाधिक लोकप्रिय एसयूभी क्रेटाले २०२५ मा अहिलेसम्मकै उच्च...
हुन्डाई मोटर समूहले आफ्नो विद्युतीय सवारीका लागि नयाँ ‘एक्टिभ एयर स्कर्ट टेक्नोलोजी’ (एएएस) सार्वजनिक गरेको छ । यो नयाँ प्रविधिले ईभीको पर्फमेन्स र रेन्ज बढाउन मद्धत गर्ने कम्पनीले दाबी गरेको छ ।
रिपोर्टका अनुसार यो नयाँ प्रबिधीले ह्विलबाट हुने समस्यालाई कम गर्न टायरहरूको अगाडि हावा स्कर्टहरू तैनाथ गर्दछ । कम्पनीले यसलाई जेनेसिस जीभी ६० ईभीमा परिक्षण समेत गरिसकेको छ । ८० किलोमिटर प्रतिघन्टा भन्दा बढिमा एयर स्कर्टहरू सक्रिय हुने र ७० किलोमिटर प्रतिघन्टामा स्वत कम हुने कम्पनीको भनाई छ ।
परीक्षणको नतिजा अनुसार एएएस प्रविधिले कारको ड्र्याग कोफिसियन्ट (सीडी) लाई ०.००८ ले घटाउन मद्दत गरेको थियो । यसबाहेक, प्रविधिले २०० किलोमिटर प्रतिघन्टा माथिको गतिमा डाउनफोर्स बढाउन मद्दत गर्छ ।
हुन्डाई मोटर ग्रुपको मोबिलिटी बडी डेभलपमेन्ट ग्रुपका उपाध्यक्ष र प्रमुख सन ह्युङ चोले भने, ‘यो प्रविधिले एसयूभी जस्ता मोडेलहरूमा अझ बढी प्रभाव पार्ने अपेक्षा गरिएको छ ।’
यो प्रविधि अझै विकासको चरणमा रहेको र कम्पनीले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकामा पेटेन्टको लागि आवेदन गरिसकेको छ । कम्पनीले स्थायित्व र कार्यसम्पादन परीक्षण पछि उत्पादनलाई तिब्रता दिने योजना बनाएको छ।
हुन्डाईको सर्बाधिक लोकप्रिय एसयूभी क्रेटाले २०२५ मा अहिलेसम्मकै उच्च...
हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले पहिले...
हुन्डाईले कम्प्याक्ट एसयूभी सेगमेन्टमा भेन्यु फेसलिफ्ट सार्वजनिक गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...