सीएफ मोटो र जीहोको आधिकारिक वितरक अब रिलायन्स ग्रुप, जीहो एई६ प्लसमा आकर्षक अफर

सीएफ मोटो तथा जीहो ब्रान्डका सवारी साधनको आधिकारिक वितरक अब रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टर बनेको छ । सेन्टरले अब देखि सीएफ मोटो ब्रान्ड अन्तर्गत हाइली प्रिमियम पावर तथा पर्फमेन्स बाइक, एटीभी, एसएसभी मोटरसाइकल तथा जीहो अन्तर्गत विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर अझ बढी आकर्षक विशेषताका साथ उपलब्ध गराउने बताएको छ ।

सेन्टरले सीएफ मोटोका एनके २५० र एसके २५० बाइक तथा एटीभी, एसएसभी र जीहोको एई६ उपलब्ध गराइरहेकोमा हालै एई६ प्लस नेपाली बजारमा भित्र्याएको छ । आकर्षक लुक्स, उच्च प्रविधि र प्रयोगकर्तामैत्री एई६ प्लसमा ५.५ किलोवाटको पिक पावर छ ।

यसमा साइड मोटर, किलेस डिजाइन, जीहो राइड एप, एन्टी–थेफ्ट सिस्टम, पार्किङ असिस्ट, एक्स्ट्रा ब्याट्री कम्पार्टमेन्ट, एलईडी लाइट, १२ इन्च टायर, सीबीएस ब्रेकिङ सिस्टम तथा अनरोड ७० देखि ९० किलोमिटर सम्मको रेन्ज जस्ता विशेषता छन् ।

यसमा प्रयोग गर्न सकिने जीहो राइड एपमार्फत प्रयोगकर्ताले स्कुटर सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्ने भएकाले पनि राइडर र स्कुटर बीचको घनिष्टतालाई यसले प्रगाढ बनाउछ । राइड मोड, ब्याट्रीको स्वास्थ्य, दुरीको जानकारी तथा कुनै पनि प्राविधिक गतिविधिको पूर्ण जानकारी उक्त एपमार्फत प्राप्त गर्न सकिन्छ ।

कम्पनीको नक्सालस्थित शोरुममा जीहो एई६ प्लस टेस्ट राइड गर्न सकिन्छ । टेस्ट राइड गरी ग्राहकले अन द स्पट स्कुटर खरिद समेत गर्न सक्ने र यसका लागि एक्सचेन्ज र फाइनान्स सुविधा समेत उपलब्ध छ । यसका साथै कम्पनीको तर्फबाट ग्राहकले गिफ्ट ह्याम्पर समेत प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

रिलायन्स ग्रुप ‘फेसिलिटेटिङ द नेसन’ नाराका साथ देश विकासमा अग्रसर हुँदै आएको एक सफल व्यावसायिक घराना हो । निर्माण, जलविद्युत, बैंकिङ आदि क्षेत्रमा सफल रहेको सो ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले यी दुवै ब्रान्डको बिक्री प्रवद्र्धन गर्ने हुँदा अटोमोटिभ क्षेत्रमा समेत यसको प्रभाव देखिने छ । यसबाट कम्पनीले आफ्नो व्यापारिक अनुभव, दक्ष जनशक्ति, विभिन्न स्रोत र साधनको उपायोग गरी दुवै ब्रान्डलाई ग्राहकमुखी वातावरण प्रदान गरी उच्च स्थान दिने कुरामा विश्वस्त रहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

चलचित्र ‘वसन्त’को गीत ‘मोटर’ सार्वजनिक …. त्यही लैजाउ न मोटर सरर सरर

चलचित्र ‘वसन्त’को गीत ‘मोटर’ सार्वजनिक …. त्यही लैजाउ न मोटर सरर सरर

काठमाडौं – गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’...

रसुवागढीको मितेरी पुल निर्माणमा तीव्रता

रसुवागढीको मितेरी पुल निर्माणमा तीव्रता

रसुवा – गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएको मितेरी पुल...

भारतसँग जोडिने सीमा क्षेत्रमा ३९४ किमी राजमार्ग बनाउँदै चीन

भारतसँग जोडिने सीमा क्षेत्रमा ३९४ किमी राजमार्ग बनाउँदै चीन

काठमाडौं – चीनले भारतसँग जोडिएका संवेदनशील सीमावर्ती क्षेत्रमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...