दशैंमा याडिया स्कुटर किन्दा १० हजार छुट
काठमाडौं–याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले दशैं...
चिनियाँ अटोमोबाइल उद्योग संघले सन् २०२३ मा चीनमा सवारी साधनको उत्पादन र बिक्री ३ करोड नाघेको तथ्याङ सार्वजनिक गरेको छ । जसमध्ये ४९ लाख १० हजार सवारी साधन निर्यात भएका छन् ।
सन् २०२३ मा चीनले ३ करोड १ लाख ६१ हजार सवारीसाधन उत्पादन गरेको थियो भने ३ करोड ९४ हजार सवारीसाधन बिक्री गरेको थियो । यो आँकडा सन् २०२२ को तुलनामा १२ प्रतिशतले बढी हो । चिनियाँ कार हाल २०० भन्दा बढी देश र क्षेत्रमा निर्यात गरिन्छ ।
सन् २०२३ मा चीनले १२ लाख ३ हजार नयाँ इलेक्ट्रिक कार निर्यात गरेको थियो, जुन वार्षिक रूपमा ७७.६ प्रतिशतले बढेको छ । साथै बीवाईडीले सन् २०२३ को चौथो त्रैमासिकमा विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी उत्पादकको उपाधि हासिल गरेको छ ।
एसएआईसी मोटर चीनको शीर्ष १० कार कम्पनीमा पहिलो र डोङफेङ ब्रान्ड दोस्रो स्थानमा छ । एफएडब्ल्यु समूह तेस्रो, जीएसी समूह चौथो, चाङ्गन अटो पाँचौं र बीवाईडी अटो छैठौँ स्थानमा छ । बीवाईडीका इलेक्ट्रिक कारले टेस्ला, मर्सिडिज र बीएमडब्ल्यु जस्ता कारसँग प्रतिस्पर्धा गर्छ ।
चेरी शीर्ष १० सूचीमा सातौं स्थानमा, गिली अटो आठौं स्थानमा, ग्रेट वाल मोटर नवौं स्थानमा र अन्तिम स्थानमा बीएआईसी ग्रप समूह रहेको छ ।
रिपोर्टका अनुसार चीनले सन् २०२४ मा ५० लाख कार निर्यात गर्न सक्ने अनुमान गरिएको छ ।
काठमाडौं–याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले दशैं...
अमेरिकाले चिनियाँ ईभीमा ४ गुणा कर बृद्धि गर्ने तयारी गरेको छ । सस्ता...
नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले लक्जरी, स्टाइल र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...