नेक्सनको यी १० उत्कृष्ट फिचर पन्च ईभीमा पनि पाइने

टाटा मोटर्सले ३ दिनपछि लन्च गर्न लागेको पन्च ईभी अहिले भारत र नेपाल दुबै राष्ट्रका ईभी प्रेमीमाझ सर्बाधिक चर्चाको विषय वनिरहेको छ । यसै महिनाको १७ तारिखमा लन्च हुन लागेको सो नयाँ इलेक्ट्रिक माइक्रो एसयूभीका वारेमा अहिले विभिन्न जानकारीहरु वाहिर आइरहेका छन् ।

पछिल्लो समय कम्पनीले यसमा उपलब्ध केही महत्वपूर्ण फिचरलाई बाहिर ल्याएको छ । जसअनुसार पन्च ईभीमा टाटाकै नेक्नस ईभीबाट १० उत्कृष्ट फिचर लिइएको तथ्य वाहिर आएको हो । यो नयाँ ईभीमा टाटा मोटर्सले १०.२५ इन्चको टचस्क्रिन र १०.२५ इन्चकै डिजिटल डिस्प्ले दिएको छ । रेगुलर पन्चमा कम्पनीले ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट दिएको थियो ।

यसैगरी नेक्सन ईभीमा समेत उपलब्ध ३६० डिग्री क्यामेरा, वायरलेस फोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सीट, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, भेइकल–टु–लोड र ६ वटा एयरब्याग समेत यसमा पाउन सकिनेछ । साथै यसमा कनेक्टेड डीआरएलएस सहितको प्रोजेक्टर एलइडी हेडल्याम्प र एयर प्युरीफायर लगायत फिचर समेत नेक्सन ईभीबाटै लिइएको हो ।

सम्बन्धित समाचारहरू

वीरगन्जमा नयाँ शोरुमबाट टाटा पन्च ईभीको डेलिभरी सुरु

वीरगन्जमा नयाँ शोरुमबाट टाटा पन्च ईभीको डेलिभरी सुरु

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

जगुआर ल्यान्ड रोभरलाई भारतमै उत्पादन गर्ने टाटा मोटर्सको तयारी

जगुआर ल्यान्ड रोभरलाई भारतमै उत्पादन गर्ने टाटा मोटर्सको तयारी

काठमाडौं– लक्जरी कार ब्राण्ड जगुआर ल्यान्ड रोभर भारतमै उत्पादन हुने भएको...

पुरानो पेट्रोलियम कारसँग टाटा इलेक्ट्रिक कार साट्न सकिने अफरको आज अन्तिम दिन

पुरानो पेट्रोलियम कारसँग टाटा इलेक्ट्रिक कार साट्न सकिने अफरको आज अन्तिम दिन

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...