टाटा पन्चको टिजर सार्वजनिक, थाहा भयो केही फिचर

टाटा पन्च ईभी लन्च हुनु अघि सो कारको टिजर सार्वजनिक भएको छ । कम्पनीले टाटा ईभीको आधिकारिक इन्स्टाग्राममा सो कारको टिजर भिडियो सेयर गरेको हो । यस टिजरमा सो कार उकालो सडकमा तीव्र गतिमा गुडिरहेको देखिन्छ ।

यद्यपि सो कारको बुकिङ प्रक्रिया भने सुरु भइसकेको छ । सो कारको बुकिङ कम्पनीको आधिकारिक डिलरशिप र साइटमा बुक गर्न सकिन्छ । यसका लागि २१ हजार भारु तोकिएको छ । कम्पनीले सो कारको बिक्री जनवरी १७, २०२४ देखि सुरु हुने पुष्टि गरेको छ ।

सो कार टाटा मोटर्सको नयाँ प्लेटफर्म एक्टि डट ईभीमा डिजाइन गरिएको हो र सो प्लेटफर्ममा तयारी गरिने यो पहिलो कार हुनेछ ।

सो कार २ भेरिएन्टमा उपलब्ध हुनेछ । यसमा प्रदान गरिएको ब्याट्री प्याकले सिंगल चार्जमा ३०० देखि ६०० किलोमिटरको रेन्ज दिन सक्ने अपेक्षा गरिएको छ ।

यसमा १०.२५ इन्च टचस्क्रिन हुनेछ, जसले एन्ड्रोइड अटो र एप्पल कार प्लेलाई सपोर्ट गर्छ । कारमा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र वायरलेस स्मार्टफोन चार्जर, भेन्टिलेटेड सिट र ३६० डिग्री क्यामेरा जस्ता फिचर हुनेछ ।

सम्बन्धित समाचारहरू

टाटा एस वा टाटा इन्ट्रा गाडी २ लाख डाउनपेमेन्टमै पाइने, युवालाई विदेश पलायनबाट रोक्ने

टाटा एस वा टाटा इन्ट्रा गाडी २ लाख डाउनपेमेन्टमै पाइने, युवालाई विदेश पलायनबाट रोक्ने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी...

आयो एयरब्याग भएको हेलमेट

आयो एयरब्याग भएको हेलमेट

हेलमेट निर्माता कम्पनी एरोहले विश्वमै पहिलो पटक एयरब्याग भएको हेलमेट...

ईभी इजी ट्याक्सीहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने

ईभी इजी ट्याक्सीहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने

काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...