जेटोरको पहिलो विद्युतीय एसयूभीको प्रि–बुकिङ खुला, मूल्य निकै आकर्षक
काठमाडौं–चिनियाँ अटोमोबाइल कम्पनी चेरीअन्तर्गतको ब्रान्ड जेटोरले आफ्नो...
चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्स(जीडब्लुएम)ले वर्ष २०२३ मा १२ लाख ३० हजार युनिट कार बिक्री गरेको छ । गत वर्ष कम्पनीले घरेलु र अन्तराष्ट्रिय बजारमा गरी कुल १२ लाख ३० हजार कार बिक्री गर्दा निर्यात मात्रै ३ लाख १६ हजार गरेको हो । अघिल्लो वर्षको तुलनामा निर्यात ८२.४८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।
कम्पनीले ८ वर्षको दौरामा पहिलोपटक १० लाख बढी कार बिक्री गर्दै रेकर्ड कायम गरेको हो । उसको बिक्रीमा न्यू इनर्जी भेइकलको हिस्सा समेत उल्लेख्य रुपमा बढेको देखिन्छ । गतवर्ष कम्पनीले २ लाख ६२ हजार न्यू इनर्जी भेइकल बिक्री गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ९८.७४ प्रतिशतले बढी हो ।
प्रबिधी र बजार रणनीतिको विशेषज्ञताका कारण जीडब्लुएमका उत्पादनले बिश्व बजारमा आफ्नो प्रभाव विस्तार गर्दै गएको कम्पनीको भनाई छ । कम्पनीले कम्वसन र लेक्ट्रिक ब्रान्ड ओरा ईभीलाई युरोप र दक्षिण अफ्रिका सहित विश्वका कैयन देशमा बिक्री गर्दै आएको छ ।

कम्पनीले उत्पादन गरेको ट्यांक ५०० मध्यपूर्बी देशहरुमा लोकप्रिय वनिरहेको छ भने अर्को अफरोड एसयूभी ट्यांक ७०० लन्च हुन अगाबै बुकिङ खुलेको ५५ मिनेटभित्र सम्पूर्ण यूनिट बिक्री भएको थियो । सो ब्राण्डको हाभल एच६ हाइब्रीडले ब्राजिलमा उत्कृष्ट चार प्रमुख वार्षिक पुरस्कार प्राप्त गरेको थियो । यी वाहेक अन्य मोडलले पनि विश्वका विभिन्न देशमा अवार्ड पाएका थिए ।
ग्रेटवाल मोटर्सका कारहरु नेपाली बजारमा समेत उपलब्ध छन् । यो ब्राण्डलाई भीजी इम्पेक्सले आयत गरी कारोबार गर्दै आएको हो । कम्पनीले हाल हाभल सिरिजका एसयूभी, पिकअप र इलेक्ट्रिक कार ओरा–०३ आयत गरी बिक्री गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...