सवारी गतिविधि निगरानीका लागि आर्टिफिसियल इन्टेलिजेन्स ट्राफिक सिस्टम क्यामेरा जडान

काठमाडौं - काठमाडौंको कोटेश्वर-तिनकुने खण्डमा आर्टिफिसियल इन्टेलिजेन्स ट्राफिक सिस्टम (एआईटीएस) क्यामरा जडान गरिएको छ। काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालयबीचको सहकार्यमा कोटेश्वर-तिनकुने खण्डमा एआईटीएस क्यामरा जडान गरिएको हो।

कोटेश्वर-तिनकुने खण्ड भएर गुड्ने सवारी साधनको गतिविधिको निगरानी गर्न एनपीआरएस (नम्बर प्लेट रिकोनाइजेसन सिस्टम) टेक्नोलोजी जडान गरिएको ई३ सेल्स एण्ड सर्भिसका प्रोजक्ट सुपरभाइजर रञ्जित सिंहले जानकारी दिए।

यस क्षेत्रमा जडान गरिएको क्यामरा मार्फत दुबै तर्फको गाडीको नम्बर प्लेट र गाडीहरु आफ्नो लेनमा गुडेको छ कि छैन भन्ने रेकर्ड राखिन्छ। साथै यस सडक खण्डमा कस्ता प्रकारका गाडीहरु गुड्छन् भनेर वर्गिकरण पनि गरिनेछ।

एनपीआरएस प्रविधि दुबै तर्फको ३/३ लेनगरी ६ लेनको गतिविधि निरीक्षण गर्ने गरी डिजाइन गरिएको छ। यहाँ चार क्यामरा, लाइट, फ्ल्यास लाइट जडान गरिएको छ। फ्ल्यास लाइटले अघिल्लो सिटमा बस्ने चालक र सहचालकको गतिविधि विश्लेषण गर्छ। यस प्रविधिको मुख्य उद्देश्य भनेको सार्वजनिक यातायातमा हुने गतिविधिको निगरानी गर्नु रहेको छ।

एनपीआरएस प्रविधि जडान गरिएको क्षेत्रदेखि २५ मिटर क्षेत्र भित्र हुने गतिविधि रेकर्ड तथा क्यापचर गर्छ। यसको सम्पूर्ण डाटा, सर्भर, कन्ट्रोल लगायत उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा रहेको छ।

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ महानगरका मुख्य सडक, चोक एवं गल्लीमा सर्भिलेन्स क्यामरा जडान गर्नका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ। सोही बजेट अन्तर्गत महानगरले काठमाडौं उपत्यका प्रहरी कार्यालयसँगको सहकार्यमा सीसी क्यामरा जडान गरिरहेको छ।

यसका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई महानगरले करिब ६ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ। यस बजेटबाट उपत्यका प्रहरी कार्यालयले कोटेश्वर–तिकुने खण्ड सहित, महाराजगञ्ज, गोगंबुमा आर्टिफिसियल इन्टेलिजेन्स ट्राफिक सिस्टम क्यामरा जडान गर्नेछ भने न्यूरोड, ठमेल क्षेत्रमा करिब २०० ओटा क्यामरा जडान भइसकेको छ।

सम्बन्धित समाचारहरू

विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने

विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने

मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा...

कसरी थाहा पाउन सकिन्छ चोरी भएको चारपांग्रे सवारी साधन ? यस्ता छन् बच्ने उपाय

कसरी थाहा पाउन सकिन्छ चोरी भएको चारपांग्रे सवारी साधन ? यस्ता छन् बच्ने उपाय

छिमेकी देश भारतमा निर्मित विभिन्न सवारी साधनहरु भारतमै चोरी गरी अवैध...

क्यानाडामा जब ट्रक ड्राइभरलाई कोभिड खोप अनिबार्य गर्ने नियम लागु गरियो

क्यानाडामा जब ट्रक ड्राइभरलाई कोभिड खोप अनिबार्य गर्ने नियम लागु गरियो

क्यानाडामा ट्रक ड्राइभरलाई कोभिड खोप अनिबार्य पार्ने सरकारी नियमसंगै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...