भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा गल्फ लुब्रिकेन्ट

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेड भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा सहभागी भएको छ । जाडो मौसमले दुई पांग्रे सवारीसाधनमा नकारात्मक असर पर्नसक्ने हुनाले सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले जनाएको छ ।

गत पुस ५ देखि १४ गते सम्म संचालित सो क्याम्प काठमाडौं उपत्यकाका ५ स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा गरिएको थियोे । भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र गल्फ इन्जिन आयल चेन्ज प्रदान गरेको थियो ।

सो क्याम्पमा सहभागी २६०० भन्दा धेरै ग्राहक मध्ये ५ भाग्यमानी ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरिएको थियो । लक्की ड्रबाट रत्न केशरी रंजितकार (भक्तपुर), रन्जु नेपाल (बनेपा), नविना श्रीश (एकान्तकुना), रोमिका न्यौपाने (गहनापोखरी) र मोनिका श्रेष्ठ (झम्सिखेल) बिजेता हुनु भएको थियो। क्याम्प नेपाल ल्युब आयल र भेस्पा÷अप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिको संयुक्त आयोजनामा भएको हो ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्रान्ड विगत ३९ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

भेस्पाको ८०औं वार्षिकोत्सवमा आयाे विशेष संस्करण ‘टेक ८०’

भेस्पाको ८०औं वार्षिकोत्सवमा आयाे विशेष संस्करण ‘टेक ८०’

भेस्पाले आफ्नो ८०औं वार्षिकोत्सवको अवसरमा ‘टेक ८०’ नामक विशेष संस्करण...

डेल्टा अटोकर्पले ल्यायो नयाँ अप्रिलिया एसआर–१६०

डेल्टा अटोकर्पले ल्यायो नयाँ अप्रिलिया एसआर–१६०

काठमाडौं– नयाँ अप्रिलिया एसआर १६० नेपाली बजारमा भित्रिएको छ । नेपालका...

१२५ सीसीमा आयो अप्रिलिया एसएक्सआर, सुजकी बर्गम्यानसँग प्रतिस्पर्धा हुने

१२५ सीसीमा आयो अप्रिलिया एसएक्सआर, सुजकी बर्गम्यानसँग प्रतिस्पर्धा हुने

पियाजियोले भारतमा नयाँ अप्रिलिया एसएक्सआर १२५ म्याक्सी स्कुटर लन्च गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...