जनवरी १६ मा लन्च हुँदै हुन्डाई क्रेटा फेसलिफ्ट, बुकिङ खुल्ला

हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको फेसलिफ्ट अवतार जनवरी १६ मा भारतीय बजारमा लन्च हुने भएको छ । आधिकारिक लन्च हुनुअघि नै कम्पनीले ग्राहकका लागि २५ हजार भारुमा यसको बुकिङ सुरु गरेको छ ।

हुन्डाईको नयाँ क्रेटा ई, ईएक्स, एस, एस(ओ), एसएक्स, एसएक्स टेक, एसएक्स(ओ) गरी कुल ७ भेरिएन्ट, ३ इन्जिन र ४ ट्रान्समिशनको विकल्पमा उपलब्ध गराइनेछ । सो एसयूभी ६ मोनो–टोन कलर र १ ड्युअल टोन कलर विकल्पमा खरिद गर्न सकिनेछ ।

नयाँ क्रेटाको अगाडिको डिजाइन हालको मोडलको तुलनामा निकै अपडेट गरिएको छ । यसमा पहिलेको भन्दा ठूलो र राम्रो फ्रन्ट ग्रिल हुनेछ । साथै यसको हेडल्याम्प र एलईडी डेटाइम रनिङ लाइटमा पनि परिमार्जन गरिएको छ ।

सो एसयूभीमा हालको १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनलाई कायम राखिनेछ साथै यसमा नयाँ १.५ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन पनि जोडिनेछ, जसले १६० पीएसको पावर र २५३ एनएमको टर्क जेनेरेट गर्नेछ ।

एसयूभीमा ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड ड्युअल क्लचले जोडिएको छ । साथै ६ स्पिड आईभीटी र ६ स्पिड अटोमेटिक गरी दुई गियरबक्सको विकल्प पनि हुनेछ ।

नयाँ क्रेटामा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ठूलो डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर डिस्प्ले दिइएको छ । साथै ३६० डिग्री क्यामेरा पनि उपलब्ध हुने सम्भावना छ । एसयूभीको पछाडि एच आकारको प्याटर्न पनि देख्न सकिन्छ र नयाँ अलोय ह्विलसँगै बम्पर पनि अपडेट गरिएको छ ।

सो एसयूभीको इन्टेरियरमा इन्फोटेनमेन्ट र अर्को इन्स्ट्रयुमेन्टेसनका लागि १०.२५ इन्चको ट्विन डिस्प्ले, माउन्टेड कन्ट्रोलसहितको फ्ल्याट बटम स्टेयरिङ ह्विल, एचभीएसी भेन्ट्स, क्लाइमेट कन्ट्रोल, नयाँ सिट अपहोल्स्ट्री, ड्यासबोर्ड र सेन्टर कन्सोल फिनिस, वायरलेस चार्जिङ प्याड, एम्बियन्ट लाइटिङ पनि समावेश गरिएको छ ।

हुन्डाईको ब्रान्ड एम्बेसडर शाहरुख खान र हालै सार्वजनिक गरिएकी नयाँ ब्रान्ड एम्बेसडर दीपिका पादुकोनले नयाँ क्रेटाका केही झलक देखाएका छन् ।

सम्बन्धित समाचारहरू

यी हुन् हुन्डाईको नयाँ भरनामा छुटेका ५ फिचर

यी हुन् हुन्डाईको नयाँ भरनामा छुटेका ५ फिचर

हुन्डाई मोटर्स इन्डियाले हालसालै नयाँ भरना लन्च गरेको छ । छैँठौ...

लन्च हुनु पहिले होन्डा एलिभेटका विभिन्न भेरिएन्टको फिचर सार्वजनिक

लन्च हुनु पहिले होन्डा एलिभेटका विभिन्न भेरिएन्टको फिचर सार्वजनिक

होन्डाले आफ्नो नयाँ एलिभेट एसयूभी ४ सेप्टेम्बर अर्थात सोमबार लन्च गर्दैछ...

शुरु भयो नगद छुट र स्किममा गाडी/मोटरसाइकल किन्न पाइने सिजन : बजाज र हुन्डाईले गरे शुरुवात

शुरु भयो नगद छुट र स्किममा गाडी/मोटरसाइकल किन्न पाइने सिजन : बजाज र हुन्डाईले गरे शुरुवात

नयाँ वर्ष २०८० शुरु हुन अव जम्मा १५ दिन वाँकी छ । नयाँ वर्षमा नयाँ सामान घर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...