पाल्पा–बुटवल सडक आजदेखि दैनिक ६ घण्टा बन्द

पाल्पा बुटवल सडक आजदेखि तीन दिनसम्मका लागि दैनिक ६ घण्टा बन्द हुने भएको छ । आजदेखि पर्सिसम्म तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भूतखोला सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । 

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक छ घण्टा सडक बन्द हुने कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए ।

त्यस अवधिमा बिहान १० देखि साँझ ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकबाहेक अन्य सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको कार्यालयले जनाएको छ । दिउँसोको समयमा सडक बन्द हुँदा बुटवलदेखि पोखरा, स्याङ्जा, गुल्मी, पर्वत, पाल्पालगायतका जिल्लामा आवतजावत गर्ने यात्रुलाई समस्या पर्नेछ । 

सम्बन्धित समाचारहरू

आजदेखि ‘रुट परमिट’ खुला

आजदेखि ‘रुट परमिट’ खुला

काठमाडौं – यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति)...

कोरला सडकमा १३ पुल निर्माण, तीन बन्दै

कोरला सडकमा १३ पुल निर्माण, तीन बन्दै

मुस्ताङ – उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक...

क्षतिग्रस्त बिपी राजमार्गमा अस्थायी सडक बनाइँदै

क्षतिग्रस्त बिपी राजमार्गमा अस्थायी सडक बनाइँदै

काभ्रेपलाञ्चोक । यही असोज १८ र १९ गतेको वर्षापछिको रोशी खोलाको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...