यस्तो हुनेछ क्रेटा फेसलिफ्टको इन्टेरियर, जनवरी १६ मा लन्च हुने

हुन्डाईले १८ दिनपछि बजारमा ल्याउने तयारी थालेको क्रेटा फेसलिफ्टको स्पाई तस्विर एक पटक फेरि बाहिर आएको छ । पछिल्लो स्पाई तस्विरले कारको भित्री भागको केही रोचक विवरणहरू बाहिर ल्याएको हो ।

क्रेटालाई कम्पनीले सेतो डायलहरू र २–स्पोक स्टीयरिङ ह्वीलसहितको नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरको साथ ल्याउन लागिएको अनुमान गर्न सकिन्छ । सो एसयूभीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र संशोधित क्लाइमेट कन्ट्रोल मोड्युल पनि पाउने सम्भावना छ । टप भेरिएन्टमा ३६० डिग्री क्यामेरा र एडास फिचर पाउन सकिनेछ ।

फेसलिफ्ट क्रेटामा ठूलो प्यारामेट्रिक ज्वेल ग्रिल र एच–प्याटर्न एलईडी टेललाइटहरू सहितको टक्सन–प्रेरित डिजाइन फिचर हुने सम्भावना छ । एसयूभीको डिजाइन एक्सटर, प्यालिसेड र सन्टाफेबाट प्रेरित भएको प्रष्ट देख्न सकिन्छ ।

सो एसयूभीमा १.५ लिटर पेट्रोल र डिजेल इन्जिन तथा १.५ लिटर टर्बो पेट्रोल पावरट्रेनको बिकल्प पाउन सकिनेछ । क्रेटा फेसलिफ्टलाई हुन्डाईले १६ जनवरी २०२४ मा भारतमा लन्च गर्ने तयारी गरेको छ ।

नेपाली बजारमा समेत सर्बाधिक रुचाइएको कम्प्याक्ट एसयूभी क्रेटाको फेसलिफ्ट भारतमा लन्च भएलगत्तै यहाँको बजारमा पनि आउनेछ ।

सम्बन्धित समाचारहरू

लन्च भयो भारत एनसीएपी, के भन्छन् कार निर्माता ?

लन्च भयो भारत एनसीएपी, के भन्छन् कार निर्माता ?

भारतको केन्द्रीय सडक यातायात र राजमार्ग मन्त्रालयले बहुप्रतीक्षित भारत...

सुजुकी र हुन्डाई गाडी किन्दा कुनमा बढी फाइदा ? यस्तो छ दशैं स्किम

सुजुकी र हुन्डाई गाडी किन्दा कुनमा बढी फाइदा ? यस्तो छ दशैं स्किम

काठमाडौं– नेपालीहरुको महान चाड दशैं नजिकिएसंगै अहिले विभिन्न...

ई–जीएमपीको सट्टा अर्को छुट्टै नयाँ प्लेटफर्म विकास गर्ने हुन्डाईको उद्घोष, इभीको लागत घट्ने

ई–जीएमपीको सट्टा अर्को छुट्टै नयाँ प्लेटफर्म विकास गर्ने हुन्डाईको उद्घोष, इभीको लागत घट्ने

कोरियन अटो निर्माता हुन्डाई मोटर्सले हाल प्रयोगमा आएको ई–जीएमपी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...