६५० सीसीमा नयाँ स्क्र्याम्बलर बाइक ल्याउँदै रोयल इन्फिल्ड
रोयल इन्फिल्डले अब नयाँ मोटरसाइकल इन्टरसेप्टर बियर ६५० लन्च गर्ने तयारी...
काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले मिटिओर ३५० को बिक्री सुरु गरेको छ । नयाँ बिक्रेताका रुपमा नियुक्त भएपछि नेपालमै एसेम्वल प्लान्ट खोलेर कारोबार थालेको कम्पनीले भारी मूल्य कम गरेर यो मोटरसाइकल नेपालमा फेरी बिक्री सुरु गरेको हो ।
यसअघि अल्फा अटोमोटिभले ८ लाख ७० हजारसम्म मूल्य निर्धारण गरेर बिक्री गरेको सो मोटरसाइकललाई हाल भने ३ लाख ५ हजारसम्म मूल्य कम गरेर ५ लाख ६५ हजारसम्ममै बिक्री सुरु गरेको हो । मिटिओर ३५० फायरवल, स्टेलर र सुपरनोभा गरी कुल तीन भेरिएन्टमा उपलब्ध छ ।
जसको नयाँ मूल्य क्रमशः ५ लाख ५० हजार, ५ लाख ५५ हजार र ५ लाख ६५ हजार निर्धारण गरिएको छ । कम्पनीले यसलाई नेपालमै एसेम्वल गरी उत्पादन गरेको हो । यसअघि कम्पनीले यसलाई क्रमशः ८ लाख ३० हजार, ८ लाख ५० हजार र ८ लाख ७० हजार रुपैयाँ तोकेको थियो ।
कम्पनीको जे–प्लेटफर्मममा निर्माण गरिएको मिटिओर ३५० मा ३४९ सिसी सिंगल सिलिन्डर, फ्यूल इन्जेक्टेड फोर स्ट्रोक इन्जिन जडान गरिएको छ । सो इन्जिनको अधिकतम पावर २०.२ बिएचपी र टर्क २७ एनएम रहेको छ । यसको दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ ।
ईजी क्रुजिङ डिजाइनमा तयार परिएको यो मोटरसाइकलमा १५ लिटर क्षमताको फ्यूल ट्यांक, १४० एमएम लामो ह्विलवेश र ७६५ एमएम उचाइको सिट पाउन सकिन्छ । यो खैरो, निलो र रातो रङमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार देशभर संचालनमा रहेका रोयल इन्फिल्ड शोरुममा गएर ग्राहकले यसको बुकिङ लिन सक्नेछन् ।
रोयल इन्फिल्डले अब नयाँ मोटरसाइकल इन्टरसेप्टर बियर ६५० लन्च गर्ने तयारी...
काठमाडौं– जेरो इन्जिनियरिङ मोटरसाइकल प्रालिद्वारा आयोजित ३ दिने...
काठमाडौं – फ्रेन्ड्स अफ रोयल इन्फिल्ड अर्थात फोरे नेपालको आयोजनामा आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...