नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समयतालिका परिवर्तन

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय परिवर्तन भएको छ । परिवर्तित कार्यतालिका अनुसार मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म सडक बन्द रहनेछ । खडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि सडक बन्द गर्न लागिएको हो । यसअघि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने नभिएको थियो । 

चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिनेछ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको छ । 

साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको हो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।

ट्राफिक जाम हुनसक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ । 

सम्बन्धित समाचारहरू

दसैँको लागि अग्रिम टिकट बुकिङ नहुने

दसैँको लागि अग्रिम टिकट बुकिङ नहुने

काठमाडौं – यो वर्षको दसैँका लागि आवतजावत गर्ने यात्रुहरुका लागि अग्रिम...

गाडी थन्क्याएर यातायात व्यवसायीहरु सडकमा

गाडी थन्क्याएर यातायात व्यवसायीहरु सडकमा

काठमाडौं – सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध...

काठमाडौं भित्रने सिस्ने खोला खण्ड एक हप्ता आंशिक बन्द हुने

काठमाडौं भित्रने सिस्ने खोला खण्ड एक हप्ता आंशिक बन्द हुने

नागढुंगा सुरुङ्ग मार्ग (त्रिभुवन राजपथ) को सिस्ने खोला क्षेत्रमा आंशिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...