ओलाले एक वर्षमै बिक्री गर्यो २ लाख ५० हजार बढी स्कुटर

भारतको प्रख्यात इलेक्ट्रिक टु–ह्विलर निर्माता ओलाले बिक्रीमा नयाँ माइलस्टोन हासिल गरेको छ । कम्पनीले जनवरी १ देखि डिसेम्बर २३, २०२३ सम्म २ लाख ५२ हजार ६४७ युनिट बिक्री गरेको हो ।

यससंगै ओला इलेक्ट्रिक भारतमा एक वर्षमा २.५ लाख युनिटको अंक पार गर्ने पहिलो विद्युतीय २ पाङ्ग्रे ब्रान्ड बनेको छ । टिभिएसले दोस्रो सबैभन्दा बढी १ लाख ६२ हजार ३९९ युनिट बिक्री गरेको छ भने एथर इनर्जीले १ लाख १ हजार ९४० युनिट बिक्री गर्दै तेस्रो स्थानमा पर्न सफल भएको छ ।

ओलाले औषतमा प्रति महिना २० हजार हाराहारी स्कुटर बिक्री गरेको कम्पनीले जनाएको छ । कम्पनीले नोभेम्बरमा सबैभन्दा धेरै २९ हजार ८९८ युनिट बिक्री गरेको थियो । कम्पनीको बजार हिस्सा ३०.५० प्रतिशत छ भने टिभिएस र एथरको क्रमशः १९.६० र १२.३० प्रतिशत छ ।

ओलाले हाल भारतमा ९० हजारदेखि १ लाख ४७ हजार भारुसम्मको ई–स्कुटर उपलब्ध गराउँदै आएको छ । कम्पनीको फ्ल्यागशिप मोडल एस१ प्रो भेरियन्टले सिंगल चार्जमा १९५ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । सो स्कुटरमा ५ किलोवाट क्षमताको मोटर र ४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ ।

ओलालाई नेपाली बजारमा सिजी मोटर्सले कारोबार गर्ने सहमती भएपनि हालसम्म औपचारिक बिक्री भने प्रारम्भ भइसकेको छैन ।

सम्बन्धित समाचारहरू

विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा, मूल्य र फिचर यस्तो

विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा, मूल्य र फिचर यस्तो

काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा एक...

नेपालमै गाडी उत्पादन गर्न सरोकारवालाको सुझाव, अन्य विभिन्न कानुनी अड्चन हटाउने प्रतिबद्धता

नेपालमै गाडी उत्पादन गर्न सरोकारवालाको सुझाव, अन्य विभिन्न कानुनी अड्चन हटाउने प्रतिबद्धता

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर...

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज

काठमाडौं – एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय ईभी ब्रान्डहरु दिपल, अवतार,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...