हन्टर ३५० को खरिदमा १५ हजारको एसेसरिज निःशुल्क

काठमाडौं– रोयल इन्फिल्डको सस्तो मोटरसाइकल हन्टर ३५० खरिद गर्दा १५ हजार बरावरको एसेसरिज निःशुल्क पाइने भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नयाँ बर्ष २०२४ को अवसर पारेर ल्याएको अफर अन्तर्गत ग्राहकले सो सुविधा पाउने भएका हुन् । अफर नक्साल, बालकुमारी र टेकुस्थित कम्पनीको आफ्नै शोरुममा मात्र लागुहुने जनाइएको छ ।

नेपालमै एसेम्वल गरिएको हन्टर रेट्रो र मेट्रो गरी दुईवटा भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य क्रमशः ४ लाख ५९ हजार र ४ लाख ७९ हजार रुपैयाँ तोकिएको छ । जुन रोयल इन्फिल्डको प्रोडक्ट पोर्टफोलियोमा सवैभन्दा सस्तो हो ।

रोयल इन्फिल्डको जे–प्लेटफर्ममा निर्माण गरिएको यो नयाँ बाइकमा ३४९ सीसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन छ । यो इन्जिनले २०.२ एचपी पावरका साथ २७ एनएमको टर्क जनेरेट गर्ने सामाथ्र्य राख्छ ।

रोयल इन्फिल्डको लोकप्रिय मोडल क्लासिक ३५० भन्दा १७ किलो कम वजन भएको यसको ह्विलवेश पनि २० एमएम सानो छ । सिटको उचाइ ८०० एमएम, ह्यान्डल बार, ट्युबलेस टायर र डुअल च्यानल एविएस सहित दुवै चक्कामा डिस्क ब्रेक जस्ता फिचर यसमा पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले बुलेट जत्तिकै बलियो इलेक्ट्रिक बाइक चाँडै नै लन्च गर्ने

रोयल इन्फिल्डले बुलेट जत्तिकै बलियो इलेक्ट्रिक बाइक चाँडै नै लन्च गर्ने

रोयल इन्फिल्डले केही समयमै आफ्नो इलेक्ट्रिक बाइक लन्च गर्न लागेको समाचार...

रोमाञ्चक बन्यो ‘राइड टु रारा लेक’ : काठमाडौं देखि बाइकमा रारा पुगेर फर्केपछिको एक अनुभव

रोमाञ्चक बन्यो ‘राइड टु रारा लेक’ : काठमाडौं देखि बाइकमा रारा पुगेर फर्केपछिको एक अनुभव

काठमाडौं लिजेन्ड्सले आयोजना गरेको ‘राइड टु रारा लेक’ भव्यतापूर्वक...

रोयल इन्फिल्डको नयाँ हन्टर ३५० बाइकको भिडियो सार्वजनिक, अर्को वर्ष लन्च हुने

रोयल इन्फिल्डको नयाँ हन्टर ३५० बाइकको भिडियो सार्वजनिक, अर्को वर्ष लन्च हुने

रोयल इन्फिल्डले सन् २०२२ मा नयाँ मोडल लन्च गर्ने तयारी गरिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...