भारत एनक्यापको पहिलो नतिजा सार्वजनिक, टाटा ह्यारियर र सफारीलाई फाइभ स्टार

भारत सरकारले पहिलो पटक क्र्यास टेस्ट ‘भारत न्यु कार एसेस्मेन्ट प्रोग्राम (बीएनसीएपी)’ को पहिलो नतिजा सार्वजनिक गरेको छ । यस अनुसार परीक्षणमा संलग्न टाटा ह्यारियर र सफारीले फाइभ स्टार रेटिङ प्राप्त गरेका छन् ।

बीएनसीएपी अर्थात बीएनक्यापले गत डिसेम्बर १५ देखि परीक्षण प्रारम्भ गरेको थियो । ह्यारियर र सफारी दुवैले एडल्ट अक्यपेन्ट प्रोटेक्सनका लागि ३२ मा ३०.०८ र चाइल्ड अक्युपेन्ट प्रोटेक्सनका लागि ४९ मा ४४.५४ स्कोर पाएका छन् ।

त्यसैगरी साइड मुभेवल डिफोर्मेबल ब्यारियर टेस्टका लागि १६ मा १६ र फ्रन्ट अफसेट डिफर्मेबल ब्यारियर टेस्टमा चेस्ट एरियाको सेफ्टीका लागि १६ मा १४.०८ स्कोर मात्र पाएका छन् ।

यी दुवै एसयूभीले ग्लोबल एनक्यापमा पनि फाइभ स्टार रेटिङ नै पाएका थिए ।

भारत एनक्याप पहिलो पटक प्रयोगमा आएको छ । सो एजेन्सीले भारतीय अवस्था अनुसार निर्धारित मापदण्ड तयार गरी कार क्र्यास गर्न र सुरक्षा रेटिङ दिने तयारी गरेको छ । यस परीक्षणमा कारहरूलाई जिरो देखि फाइभ स्टार सम्म रेटिङ दिइन्छ । जिरो स्टार भनेको असुरक्षित र फाइभ स्टारको अर्थ पूर्ण रूपमा सुरक्षित हुन्छ ।

विश्वमा हाल ग्लोबल एनक्याप, युरो एनक्याप, अष्ट्रेलियन एनक्याप र ल्याटिन एनक्याप गरी चार एजेन्सीले कारको सेफ्टी टेस्ट गर्दै आएका छन् । भारतीय कारलाई भारतीय परिस्थिति अनुसार टेस्ट गर्नुपर्छ भनेर भारत सरकारले नयाँ परीक्षण बीएनक्यापको सुरुवात गरेको हो । यसबाट परीक्षणमा लाग्ने रकममा ७५ प्रतिशत कमी हुने बताइएको छ ।

यसबाट सुरक्षित कार छान्नका लागि ग्राहकलाई सहज हुनेछ । सुरक्षित कार उत्पादनका लागि कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्ने छ भने परीक्षणका लागि विदेशमा कार पठाउनु पर्ने बाध्यताको पनि अन्त्य हुनेछ ।

सो परीक्षणका लागि भारतमा तीन दर्जन भन्दा बढी मोडल दर्ता भइसकेका छन् । आगामी दिनमा सबैको नतिजा सार्वजनिक हुनेछ ।

सम्बन्धित समाचारहरू

यस्तो छ २०२४ मा भारतीय बजारमा सबैभन्दा बढी बिक्री भएका गाडी

यस्तो छ २०२४ मा भारतीय बजारमा सबैभन्दा बढी बिक्री भएका गाडी

२०२४ मा सबैभन्दा बढी बिक्री हुने कारको तथाङ्क सूची सार्वजनिक भइसकेको छ ।...

नयाँ टाटा पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने तयारी

नयाँ टाटा पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने तयारी

टाटाले आफ्नो नयाँ पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने अपेक्षा...

आगामी साउन १२ गते नेपाली बजारमा टाटा मोटर्सले नेक्सन ईभी सार्वजनिक गर्ने

आगामी साउन १२ गते नेपाली बजारमा टाटा मोटर्सले नेक्सन ईभी सार्वजनिक गर्ने

काठमाडौँ – भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...