लेभ्निङको स्किम विजेता बनेका खड्कीले पाए इलेक्ट्रिक स्कुटर

काठमाडौं – नेपालको ३१ वर्ष पुरानो व्यापारिक घराना बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले दुई पांग्रे इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘लेभ्निङ’ का लागि उपलब्ध गराएको दशैं, तिहार तथा छठपर्व स्किम ‘शोरुम आयो, लेभ्निङ पायो’ का विजेतालाई स्कुटर हस्तान्तरण गरेको छ ।

सो स्किम अन्तर्गत ८० भन्दा बढी सेवाग्राहीले भाग लिएका थिए । ८० जना मध्येबाट नगेन्द्र खडकी विजेता बनेका छन् । कम्पनीले खडकीलाई सोरुममा बोलाएर लेभनिङ एलएक्स ०२ स्कुटर प्रदान गरेको छ ।

फेसबुक लाइभमा गएर सहभागीहरुको नाम लिस्टिङ् गरि लक्की ड्रमार्फत विजेता चुनिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले ल्याएको सो स्किम लेभ्निङको नेपालभर रहेका २७ डिलर नेटवर्कमा उपलब्ध रहेको थियो ।

ईभी नेपाल मोटर्सले हाल लेभ्निङका ९ मोडलका विद्युतीय स्कुटर र एउटा विद्युतीय साइकल नेपाल भित्र्याएको छ । कम्पनीले हाल एलएक्स ०१, एलएस ०१, एलएक्स ०२, एलएक्स ०४, एलएक्स ०५, एलएक्स ०५डी, एलएक्स ०६, एलएक्स ०६ म्याक्स र एलएसक्स ०८ मोडलका विद्युतीय स्कुटर बिक्री गरिरहेको छ ।

कम्पनीले उपलब्ध गराउने यी विभिन्न मोडलका स्कुटरको मूल्य २ लाख ८५ हजारबाट सुरु भएर ५ लाख ५९ हजार रुपैयाँसम्म रहेको छ । यी विभिन्न मोडलमा कम्पनीले दुई वर्षको वारेन्टी दिएको छ । साथै मोटर, ब्याट्री र कन्ट्रोलरमा समेत दुई वर्षको वारेन्टी पाउन सकिनेछ ।

बज्र ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक स्कुटर र वुलिङ ब्रान्डको इलेक्ट्रिक कारका साथै अन्य अन्तराष्ट्रिय प्रोडक्टहरु बिक्री वितरण गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

के तपाईंले जीहो एई६ प्लसको टेस्ट राइड गर्नुभयो ?

के तपाईंले जीहो एई६ प्लसको टेस्ट राइड गर्नुभयो ?

नेपाली दुई पाङ्ग्रे ईभी बजारमा छोटो समयमा आफ्ना अदभूत विशेषता र उच्चतम...

बीवाईडी फर्चुन ५०० सूचीमा समावेश : प्रविधिमार्फत थप कार्य गर्ने प्रतिबद्धता व्यक्त

बीवाईडी फर्चुन ५०० सूचीमा समावेश : प्रविधिमार्फत थप कार्य गर्ने प्रतिबद्धता व्यक्त

चीनको प्रसिद्ध अटोमोबाइल कम्पनी बीवाईडी फर्चुन ५०० को सूचीमा परेको छ ।...

डाउनपेमेन्ट नगरी इलेक्ट्रिक स्कुटर किन्न पाइने लेभनिङको नयाँ स्किम

डाउनपेमेन्ट नगरी इलेक्ट्रिक स्कुटर किन्न पाइने लेभनिङको नयाँ स्किम

लेभनिङ इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...