१०० दिनमा २० हजार होन्डा एलिभेट बिक्री, नेपालमा छैन चर्चा

होन्डाले भारतमा आफ्नो कम्प्याक्ट एसयूभी एलिभेट १०० दिनभित्र २० हजार बढी बिक्री गरेको दाबी गरेको छ ।

कम्पनीका अनुसार पछिल्लो तीन महिनामा एलिभेटले होन्डाको कुल बिक्रीमा ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । सो एसयूभीको माग बढेसंगै होन्डाको भारतमा बिक्री समेत अघिल्लो बर्षको सोही अबधीको तुलनामा ११ प्रतिशतले बृद्धि भएको जनाइएको छ ।

भारतमा बिक्री बढेपनि नेपालमा भने होन्डाको यो नयाँ एसयूभीले कुनै चर्चा बटुल्न सकेको छैन । विगतदेखी नै प्यासेन्जर कार सेग्मेन्टमा बजार लिन नसकेको होन्डाको यो नयाँ एसयूभी ईभीको लोकप्रियतासंगै झन ओझेलमा परेको हो ।

एलीभेटमा १.५ लिटर, ४–सिलिन्डर पेट्रोल इन्जिन जडान गरिएको छ । जसको पावर ११९ बीएचपी र टर्क १४५ एनएम रहेको छ । यो ६–स्पीड म्यानुअल र ७–स्पीड डिसीटी ट्रान्समिसनको विकलप्मा उपलब्ध रहँदै आएको छ ।

एलिभेटले हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुन, स्कोडा कुशाक र मारुती ग्रान्ड भिटारा लगायत एसयूभीसंग प्रतिस्पर्धा गर्दै आएको छ । होन्डा एलिभेट नेपालमा कुल ८ भेरिएन्टमा उपलब्ध रहेको छ । जसको मूल्य ५६ लाख ३५ हजारदेखी ७९ लाख ४४ हजारसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

होन्डा विग विंगमा थपियो सिवी ३०० एफ स्ट्रिटफाइटर, प्रतिवन्ध हटेपछि नेपाल आउने

होन्डा विग विंगमा थपियो सिवी ३०० एफ स्ट्रिटफाइटर, प्रतिवन्ध हटेपछि नेपाल आउने

होन्डाले अस्ति भारतमा नयाँ मोटरसाइकल सिवी ३०० एफ लन्च गरेको छ । होन्डा विग...

बहुप्रतीक्षित होन्डा सीबी ३५० आरएस अब देशभरका सोरुममा उपलब्ध, ३५ हजार कम मूल्यमै पाइने

बहुप्रतीक्षित होन्डा सीबी ३५० आरएस अब देशभरका सोरुममा उपलब्ध, ३५ हजार कम मूल्यमै पाइने

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता...

होन्डा एक्सआर १९०एलको नयाँ ग्राफिक्सले लोभ्याउँदै, मूल्य ७ लाख ७० हजार

होन्डा एक्सआर १९०एलको नयाँ ग्राफिक्सले लोभ्याउँदै, मूल्य ७ लाख ७० हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध होन्डाको डर्ट बाइक एक्सआर १९०एलको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...